Flash News

हुप्सेकोटमा भित्रीयो शहरी खानेपानी आयोजना

By

September 26, 2019

सरस्वती सुवेदी रेग्मी २०७६ अशोज ९, विहिबार

सहरी खानेपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, हुप्सेकोट गाउँपालिका र देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई आयोजना बीच वित्तीय सम्झौता भएको छ । विहिवार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि उक्त सम्झैता भएको हो । हुप्सेकोट गाँउपालिकाका वडा नम्बर १,२,३,४ भित्र पुग्ने गरि शहरी खानेपानी आयोजना संचालित हुनेछ । हुप्सेकोट गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डे, देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई आयोजना उपभोत्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामी र आयोजना व्यवस्थापन कार्यालयका उपनिर्देशक विकेस वथानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । आयोजनाको कुल लागत ९० करोड २२ लाख बराबरको हुने जनाइएको छ । जसमध्ये ५ प्रतिशत लागत सहभागिता र ९५ प्रतिशत आयोजनाको रहनेछ भने लागत सहभागिताको रकम उठ्ने क्रम अन्तिम अवस्थामा रहेको खानेपानीका सचिब भिम रेग्मिले जानकारी दिनुभएको छ । शहरी खानेपानी सम्पन्न भएपछि हुप्सेकोटका करिब २६ हजार जनता लाभान्वित हुने र खानेपानी सङ्गसङ्गै सरसफाइको काम समेत गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिला वल्लब न्यौपानेले जानकारी दिनुभएको छ ।आयोजित “वित्तीय सम्झौता कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी गाउँपालिकाका अध्यक्ष लक्ष्मी देबि पाण्डेले आयोजनालाई छिट्टै टेण्डर खुलाएर कामको थालनि गर्ने बताउनुभयो । नगर विकास प्रतिनिधि सुवास पन्त , हुप्सेकोट गाउँपालिका भित्र रहेका वडाका वडा अध्यक्ष ,स्थानिय संघ सस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागितामा उक्त वित्तिय सम्झौता गरिएको हो ।कार्यक्रम देउराली हुप्सेकोट खानेपानीका अध्यक्ष मेकबहादुर पुलामीको अध्यक्षतामा सम्पन्न भएको थियो ।