Flash News

नयाँ युगमा पुनर्जागरण ल्याउने घोषणा गर्दै आयुर्वेद पत्रिकाको शुभारम्भ

By

September 29, 2019

हेरालो खबर २०७६ आश्विन १२, आईतबार । आयुर्वेद स्वास्थ्य मासिक पत्रिकाको लोकार्पण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । विश्व दर्शन मिडिया ग्रुपको आयोजनामा सञ्चालन हुने आयुर्वेद को पहिलो अंक हो । चियापान टि लन्ज, बालुवाटारमा आयोजना गरिएको कार्यक्रमकोे अध्यक्षता पत्रिकाका संचालक एवं संरक्षक डा. खेमराज भट्टराई, प्रमुख अतिथिमा नेपाल आयुर्वेदिक चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. प्रकाश ज्ञवाली, विशिष्ट अथिति संरक्षक डा. नारायण प्रसाद अर्याल, विशिष्ट अतिथिमा चियापानका संचालक केशव शर्मा, वरिष्ट आयुर्वेद बैज्ञानिक डा. बद्री गौतम, एपिवान टिवीका प्रवन्ध निर्देशक धर्मेन्द्र सापकोटा, स्ट्रिट टु होमबाट कल्पना के. सी. लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।कार्यक्रममा उपस्थित सवैलाई प्रकाशकको तर्फबाट स्वागत मन्तब्य द्रोण पराजुली राख्नु हुदै आयुर्वेद पत्रिकाको प्रकाशनको एउटा नयाँ युगको उदय र पुनर्जारणको रुपमा शुरु भएको र यसको सवै मिलेर विकास गर्नु पर्ने विचार व्यक्त गर्नु भयो । पत्रिकाको उद्देश्य र मिडियाका भावी उद्धेश्यहरु कम्पनीका प्रवन्ध निर्देशक मान बहादुर साउदले राख्नुहुदै आयुर्वेदको विचारलाई अनलाईन न्युज पोर्टल, युनिभर्सल अनलाइन टीभी तथा युट्युव च्यानल बाट समेत साथ साथ प्रसारण गर्दै लगिने जानकारी गराउनु भयो । त्यस्तै गरी अडानका अध्यक्ष एवं प्रमुख अतिथि डा. प्रकाश ज्ञवालीले आयुर्वेदको भ्रमलाई चिरेर उपचार संगै दीर्घायुको लागि जडिबुटी र आयुर्वेद उद्योगलाई विकास गरेर लानुपर्नेमा विशेष जोड दिदै आयुर्वेद पत्रिकाको विकासका लागि अडान र व्यक्तिगत तर्फबाट सहयोग र सहकार्यको समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।सामाजिक सेवाको रुपमा आयुर्वेद पत्रिकाले स्ट्रिट टु होम भन्ने संस्थालाई आम्दामीको ५ प्रतिशत सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेको छ भने कार्यक्रमको उद्घाटन जडिबुटीको विरुवामा पानी राखेर प्रमुख अतिथिबाट भएको थियो र पाँचै जना विशिष्ट महानुभावहरुले संयुक्त रुपमा आयुर्वेद पत्रिकाको लोकार्पण समेत भएको थियो । कार्यक्रमको संयोजन र संचालन पत्रिकाको सहसम्पादक भगवती मैनाली उप्रेतीले गर्नुभएको थियो ।आयुर्वेद पत्रिकाले नेपालको समग्र जडिबुटी, आयुर्वेद उद्योग, व्यवसायी, सरोकारवाला, सरकार लगायतका सवै पक्षहरुका समस्था तिनका समाधान, नीति निर्णय, कार्यक्रम परियोजना र आम सरोकारको बिषयमा ससक्त कलम चलाउने कुरामा संरक्षक डा. नारायण अर्यालले विश्वास व्यक्त गर्नुभएको थियो र अन्त्यमा कार्यक्रमका सभापति डा. खेमराज भट्टराईले सवैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरियो ।