logo
  • ५ असार २०८३, शुक्रबार | Fri, 19 Jun 2026
  • १०औं राष्ट्रिय महिला बास्केटबलको उपाधिका लागि बुढानिलकण्ठ र ग्रान्डी स्टार्स खेल्ने

    • heralokhabar heralokhabar
    • ४ असार २०८३ बिहीबार
    १०औं राष्ट्रिय महिला बास्केटबलको उपाधिका लागि बुढानिलकण्ठ र ग्रान्डी स्टार्स खेल्ने

    हेरालाे खबर

    काठमाडौं । १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल प्रतियोगिताको उपाधिका लागि बुढानिलकण्ठ नगरपालिका र ग्राण्डी स्टार्स भिड्ने भएका छन् ।

    नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको प्रतियोगितामा बुढानिलकण्ठ र ग्राण्डीले बुधबार सेमिफाइनल खेल जित्दै फाइनलमा स्थान बनाएका हुन् ।

    कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा ग्राण्डी स्टार्सले आइएसए नेपाललाई ६६-३२ को अन्तरले हरायो । चारै क्वाटरमा अग्रता बनाएको ग्राण्डी स्टार्सले १५-७, २८- १०, १२-८, ११-७ को प्रदर्शन गर्‍यो ।

     

    यस खेलमा ग्राण्डी स्टार्की स्मृति पाइजुले सर्वाधिक १४ अंक स्कोर गरिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।

    यस्तै दोस्रो सेमिफाइनलमा बुढानिलकण्ठले सुनसरी बास्केटबल एसोसिएसनलाई ७२-३९ ले सहजै हरायो । बुढानिलकण्ठले तीन क्वाटरमा अग्रता बनाउने क्रममा १९-११, २१-४, १३-१६, १९-८ को प्रदर्शन गर्‍यो ।

    बुढानिलकण्ठको जितमा उर्जा राना मगरले सर्वाधिक २१ अंक स्कोर गरिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।

    बुढानिलकण्ड र ग्राण्डी स्टार्सबीचको फाइनल खेल शुक्रबार दिउँसो ३ बजे हुने नेबाले जनाएको छ ।

    प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार, उदीयमान टोलीलाई १० हजार तथा उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।

    नेपाल बास्केटबल संघले एक दशकपछि आयोजना गरेको यस महिला बास्केटबलको राष्ट्रिय प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपको लागि राष्ट्रिय टिम छनोटको आधार समेत रहेको बास्केटबल संघले जनाएको छ ।



    heralokhabar heralokhabar    
  • ४ असार २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP