Tuesday 19th March 2024
अहो ! त्यो रोमान्स…
पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको बन्द कोठा । बन्दका बाबजुत पनि कोठा छेउबाट महिलाहरु एकआपसमा कुरा गरिरहेको कर्कशपूर्ण आवाज निरन्तर कानमा गुञ्जिरहेको छ । अगाडी एउटा टेवल छ । पहिले टि टेवल भनेर चिनिने टेवलको भाइजस्तो लाग्ने सानो टेवल पलङमाथी छ । म त्यसमाथी ल्याप्टप राखेर साथमा चियाको कपसँगै ल्यापटपको स्किृनमा फेसबुक चलाइरहेको छु । फेसबुकको छेउमै रहेको ट्यावमा यूटयुवमा गीत बजी रहेको छ । म फेसबुकको न्युजफिड चाहर्दै थिए । एउटा नोटिफिकेशन आयो । फ्रेन्ड रिक्वेस्ट वाला बटममा नोटिफिकेसन थियो ।
उसले उत्सुकता ब्यक्त गरी तपाइले कहिलै रोमान्स गर्नु भएको छ ? फेरी बलाङ्केटले मुख छोपी । मैलै आफुलाइ प्रश्नको कठघरामा उभ्याउन चाहिन र सजिलै जवाफ दिए छैन त कसरी हुनु । उसले बलाङ्केटबाट चोर शैलीमा अनुहार निकाल्दै भनि तपाईलाई मेरो लिप्स कस्तो लाग्छ ?
फेसबुकको पिपुल यू मे नो मा देखिने राम्रा राम्रा यूवती जती सबैलाई रिक्वेष्ट सेन्ड गर्नेलाई फ्रेन्ड रिक्वेस्ट बटनको नोटिफिकेशने खासै उत्सुकता जगाएन । तर कुन चाँहिले रिक्वेस्ट एसेप्ट गरी भनेर हेर्न परो भनेर यसो हेरेको नयाँ फ्रेन्ड रिक्वेस्ट पो रहेछ । त्यो पनि केटिको नाममा । प्रोफाइल तस्विर हेर्ने बित्तिकै मनमा बर्षाका बादलहरु मडारिन थाले । आकाश एक्कासी कालो र निलो भएर आयो । तर पनि पुषको तुवालोले बर्षा नै गराइहाल्ला भन्नेमा भने मन ढुक्क हुन सकेन । तर खुट्टामा बलाङ्केट र शरिरमा ज्याकेट हुँदा पनि मन भने तात्तियो ।
मख्ख नपर केटा । आजभोली केटीको आइडीबाट यस्तो फेसबुक बनाउने बोकाहरु टन्न भेटिन्छन् । यो उनिहरुकै काम हुनुपर्छ ।
उफ् यो नेट पनि के सारो स्लो भा को । उल्टो दिशा तिर पो घुम्दै छ त । मानौ आज सूर्य नै पूर्वबाट नउदाई पश्चिम दिशातिर गएर उदाउन तम्तयार छ । केहि बेरमा उसको प्रोफाइला खुल्यो । प्रोफाइलले मनै हरर भो । त्यति हरर जति चैतको खडेरीमा लैनो भैसीको मोही पिउदा पनि हुदैन । अति सुन्दर । ओहो यो बर्षकी बिश्व सुन्दरीको रिक्वेस्ट नै आयो कि के हो । मनमनै कुरा खेल्न थाल्यो । आधा मनको बोली नसकिदै अर्को मनको जवाफ आइ हाल्यो । मख्ख नपर केटा । आजभोली केटीको आइडीबाट यस्तो फेसबुक बनाउने बोकाहरु टन्न भेटिन्छन् । यो उनिहरुकै काम हुनुपर्छ । आज सम्म यो फेसबुके जीन्दगीमा यस्तो घटना घटेकै छैन । मन न हो के मान्थ्यो । बायो हेर्न जरुरी रहेन । फाटोजमा माउस पोइन्छ दौडिहाल्यो मानौ कि मलाइ भन्दा उसैलाई त्यो यूवती हेर्न बढी रहछ छ । फोटो त प्रसस्तै छ । सक्कली आइडी जस्तो नै छ । तर केटीका सबै फोटो कपी कगेर पनि त केटाहरु यस्तो आइडी बनाउन सिपालु हुन्छन् । अहँ मनलाई सम्झाउनै गारो भो । कुर्था, जिन्स, कट्टु, स्यान्डो लगाएतका पहिरनमा खिचिएका तस्विर रहेछन् । यो सक्कली नै भएपनि मलाई झुक्किएर रिक्वेस्ट आएको हुनुपर्छ । मन बहकी रह्यो ।
सारी लगाएका फोटो…हेरौन । कम्वर देखिएका फोटो….जुम । सेन्डो लगाएका फोटो ….फूल जुम, तलदेखी माथीसम्म जुम ।
खैर, मेरो के जान्छ र हेरौ न के के र छ भनेर म उसको प्रोफाइल हेर्दै गए । मन बायो तिर दौडियो । नाम…. ठेगाना…. वर्क एट…..रिलेसनसिप स्टाटस सिङ्गल । अरु केही देखिएन । छेउमा रहेको म्यासेज बक्समा क्लिक गरे । अनि लेखे हेलो । अनलाइन नोटिफिकेशन थिएन । फेरी हेलो लेखे । सिन पनि भएन । रिप्लाई आउने त कुरै भएन । उसो त मनमा भरोसा पनि थिएन त्यो आइडी सक्कली हो भन्नेमा । फेरी फोटोजमा क्लिक गरे । कुर्था लगाएका फोटा….छ्या । सारी लगाएका फोटो…हेरौन । कम्वर देखिएका फोटो….जुम । सेन्डो लगाएका फोटो ….फूल जुम, तलदेखी माथीसम्म जुम । फेरी हेलो…अह नो रिप्लाई । मनले बारम्बारको प्रयासबाट पनि हार खाएन । इन्टरनेटको चक्र फेरी उल्टो दिशा तिर लाग्दै थियो । यसो हेरेको बत्ति नै हिडेछ । बत्तिको स्विच अन गरे ।
ल्यापटप यत्तिकै छाडेर खाना बनाउने सुरसारमा लागे । बाहिर महिलाहरुको नबुझिने भाषामा कर्कशपूर्ण आवाज आइरहेको थियो । यसो घरी घरी बत्तिमा मन लौजादै तरकारी र खाना पकाएर खाए अनि भाडा माझ्दै थिए । बत्ति आयो । माझ्दै गरेका भाडा छाडेर हात धोएर ल्यापटपको स्कृन अन गरे । ओ अचम्म । कहिलेकाँही नपत्याउने खोलाले बगाउछ भन्थे हो रै छ ।
हुन त केटाहररुको प्रश्नको जवाफ तत्कालै दिइहाले आफ्नो मूल्य शुन्यमा झरे झै ठान्छन् केटीहरु सायद । जति प्रश्नका उत्तर दिइ ति पनि प्राय एकै प्रकारका जवाफ जस्त लाग्ने थिए ।
मेसेज उसैको । हेला, नमस्ते । अर्ध शरिर देखाएर तस्विरमा खुस्किएको उसको इज्जत नमस्ते शब्दले असनको पस्मिनाको पछ्यौराले ढाके झै घपक्क ढाकियो । अनलाइन सिग्नल नै रै छ । मैले रिप्लाइ गरे हेलो , के छ खबर ? ठिक छ । रिप्लाइ आयो । के गर्दै ? उताबाट जवाफ आयो बस्दै । एबम् रीतले कुराकानी लम्बियो । कगभग १ घण्टाको कुराकानीमा उसका तस्विरमा ध्यान २०÷२५ चोटी गयो होला । घर, के कहाँ, के गर्दै लगाएतका अनगिन्ती प्रश्न तेर्साय मैले । मानौ कि उ कुनै तहको परिक्षा दिनका लागि मेरो अगाडी उभिएकी छे ।
मेरो बारम्बारको प्रश्नलाई लात हान्दै उसले १ घण्टामा मुस्किलले ५/७ प्रश्नको मात्र जवाफ दिन उचित ठानी उसले । हुन त केटाहररुको प्रश्नको जवाफ तत्कालै दिइहाले आफ्नो मूल्य शुन्यमा झरे झै ठान्छन् केटीहरु सायद । जति प्रश्नका उत्तर दिइ ति पनि प्राय एकै प्रकारका जवाफ जस्त लाग्ने थिए ।
संवाद चलिरह्यो । छेउको बाटामा रहेका भाडाले मलाइ हेरी रहे । तर मैले उनिहरुलाई एक चोटी फर्केर हेर्न पनि उचित ठानिन बरु त्यो भन्दा उसैका उत्ताउला तस्विर हेर्न उचित ठाने । त्यो पनि जुम गरी गरी । लामो समय पछि उसले पनि प्रतिप्रश्न गर्न थाली । त्यसपछि बल्ल संवादको मजा आउन थाल्यो । बिहान दश बजेतिर सुरु भएको सम्वाद लगभग ४ बज्दा सम्म निरन्तर जारी नै रह्यो । अरु बेला पुषको जाडोमा १० कप सम्म चियाको तलतल लाग्ने मलाई आज बरु उनको तलतल लाग्यो तर चियाको तलतल लागेन ।
मैले कल काट्ने बित्तिकै उसले रिप्लाइ गरी के भो ? मैले भने म फेक आइडीसँग बोल्दिन । उसले झर्किदै भनि लौ तनि फेक हो भने फेक ओके बाई । मैले फेरी एक चोटी रेलको डोरी ताने । अनि फेक हैन भने भिडियो अन गर न त ।
मैले लेखे दिनभर कुरा गरियो तर यो आइडी प्रति मलाई शंका छ । उसले प्रश्न तर्साइ । के शंका छ ? मैले जवाफ फर्काए यो आइडी फेक हो भन्नेमा मलाइ शंका छ । उसले आफ्नो भाउ बढाउन थाली । त्यसो भए फेक आइडीसँग किन बोलेको । ल बाई । मैले छुट्नै लागेको रेलको डोरी खिँचे । हैन हैन तिम्रो यस्तो राम्रो फोटो छन् यहाँ तर यो कोही केटोले बनाएको वा कसैको आइडी मिस युज गरेको पनि त हुन सक्छ नि । उसले भनि तर म सक्कली नै हो र मेरो फोटा पनि सक्कली नै हुन् । अहँ पत्याउन गाह्रो छ ।
भिडियो कल गरौ मैले भने । पहिलो चोटी कुरा भा को मान्छेसँग के भिडियो कल गर्ने हो उसले भाउ खोजी । मैले मैले भाउ नसोधी कल गरे । घण्टी निरन्तर बजी रह्यो तर कल रिसिभ भएन । ह्या मलाइ अप्ठ्यारो लाग्छ के नचिनेको केटासँग बोल्न उसले म्यासेज फाली । ह्या फेक हैन भने कल रिसिभ गर न त । मैले नि उसको जवाफ नकुरी कल गरे । उसले रिसिभ गरी तर अडियो मात्र । अ भो अव त बिश्वास लाग्यो । उसको मधुरो स्वर सुनियो । मैले भने अहँ मलाइ अझै बिश्वास छैन । नदेखेको मान्छेलाई आवाजले बिश्वास गर्दिन म । मैले कल काटे । मैले कल काट्ने बित्तिकै उसले रिप्लाइ गरी के भो ? मैले भने म फेक आइडीसँग बोल्दिन । उसले झर्किदै भनि लौ तनि फेक हो भने फेक ओके बाई । मैले फेरी एक चोटी रेलको डोरी ताने । अनि फेक हैन भने भिडियो अन गर न त । जवाफ न कुरी कल गरे । लगभग अन्तिम घण्टी हुँदो हो उसले कल रिसिभ गरी । मुसुक्क मुस्कुराउदै भनि छ्या हजुर त कस्तो मान्छे अरुको कुरा बिश्वास नै नगर्नी । अव त बिश्वास लाग्यो होला नि । जवाफमै प्रश्न ठेली उसले । म भुतुक्कै भए । तस्विरमा देखिएकी उ भिडियोमा देखिदा ।
मैले भने तिमी जस्तो रम्री केटी को पो बि एफ् हुन्छन् । हाम्लाई कस्ले पत्याउने । भो भो ढाट्नु पदैन , भएर नि छैन रे । पहिले नै सबै थाहा पाए झै गरी उ मस्कीन थाली । लौ खोज्देउ न एउटी बरु तिमी जस्तै राम्री मैले उल्टो प्रश्न बाण हाने । उसले अली लजाए झै गरी भनि म राम्री छैन ।
भिडियो कल काट्ने बोल्ने गर्दा गर्दै लगभग ७ बज्न लाग्यो । यति सामिप्यतामा पुगियो कि मानौ हामी २ जना बालापनका साथी हाँै । उसले भनि ल अव म खाना खान्छु । हजुर नि खाना बनाएर खानुस् । खाना खाएसी कुरा गरौला । त्यासो भनेको नि आधा घण्टा पछि उसले कल काटी । मैले फेरी गरे तर उसले उठाइन वा उठाउन जरुरी ठानिन । मैले बल्ल सम्झे ओहो आज त खाजा नि खाएको छैन । बल्ल भोक लागेको अनुभूति हुन थाल्यो । यसो हेरेको बिहानका भाँडा जुठै रहेछन् । भाडा माझेर खाना बनाउने जाँगरै चलेन । पर्सबाट १०० रुपैया झिकेर होटलमा खाना खान निस्किए ।
आएर ल्याप्टप अन गरे । उ अनलाइन नै थि । खाना आयौ ? मैले सोधे । उम् अनि हजुरले नि ? उत्तर र प्रश्न एकैचोटी सोझाइ उसले ।
केही कुराकानीपछि उसले भनि तपाई त यति धेरै पढेको मान्छे केटी साथी प्रेमिका (जि एफ) त होला नि । आज दिनभर म सँग कुरा गर्नु भो जि एफ् रिसाउली कुरा गर्नु पदैन । मैले भने तिमी जस्तो रम्री केटी को पो बि एफ् हुन्छन् । हाम्लाई कस्ले पत्याउने । भो भो ढाट्नु पदैन , भएर नि छैन रे । पहिले नै सबै थाहा पाए झै गरी उ मस्कीन थाली । लौ खोज्देउ न एउटी बरु तिमी जस्तै राम्री मैले उल्टो प्रश्न बाण हाने । उसले अली लजाए झै गरी भनि म राम्री छैन । लगभग १० बजेसम्म कुराकानी भएपछि कुराकानी बिभिन्न प्रसङ्गहरु चले । उसले भनि केटाहरुको भर हुदैन । घरमा बुढी भएर नि छैन भन्छन् । झन जि ए फ त के थाहा । मैले पनि हल्ला मिलाए दिए । लभ गर्ने उमेरका तिमी जस्ता राम्री कोही भेटिएन् अहिले बुढेसकाल लाग्यो अव कसले पत्याउछ र …यस्तै यस्तै प्रसङ्ग निरन्तर चलि नै रहे ।
उसले भनि छ्या भिडियो अन गरेर कपडा फेर्नु । मैले भने अ हुन्छ नि के भो त । यस्तै हुन् के केटाहरु उसले ठुस्कीदै भनि ।
उसले भनि ल अव म सुत्छु । सुत न त । सुतेरै कुरा गर्न मिल्छ त मैले मायालु पारामा भने । ह्या म कपडा फेरेर बत्ति निभाएर सत्छु भनेको के । उ अली मस्कीदै जवाफ दिई । ह्या किन निभाउनु परो बत्ति जे गर्नि हो गर म वेटिङ गर्छु मैले भने । उसले भनि छ्या भिडियो अन गरेर कपडा फेर्नु । मैले भने अ हुन्छ नि के भो त । यस्तै हुन् के केटाहरु उसले ठुस्कीदै भनि । लौ तिमिलाई मेरो बिश्वास छैन ? मैले बर्षौ देखीको सम्वन्धबाट उसलाई बिश्वास दिलाए झै गरी सोधेँ । यस्तै करकाप चल्दा चल्दै उसले फोन काटी । मैले तुरुन्तै कल गरे । उसले उठाइन । ह्या एक छिन् के । उसले मेसेज पठाइ । पाँच मिनेट जति सम्म कल नआएसी फेरी मैले कल गरे । रिसिभ गरी । पुरै कालो, चकमन्न अध्यारो । के भो लाइट बाल मैले भने । छ्या म नाइट ड्रेसमा छु के । उ बोली । के भो त ? मैले सोधे । छ्या कस्तो के भो हो यहाँ सबै देखिदैन र । उ झिज्झी । के भो त देखेर म मुडमा बोले । धेरै बेरको रिक्वेसटमा उसले अन गरी । बलाङ्केटले घाँटी सम्म छोपेर बोली भो अव । मैले अलि धम्कीलो भाषामा भने क्यै त देखिएको रैनछ के नाटक गरेको नि । उसले क्यामरा घुमाउदै बोली यि सबै देखिन्छ के , किन नदेखिनी हो । उसको आधा बक्षस्थल देखियो । मैले आखा झिम्क्याउन नपाउदै उसले क्यामरा अनुहारमा फोकस गरी हाली । म हाँसे ।
उसले भनि एउटा कुरा भनौ । मैले भने । भन न । भोली मेरो पिरीयडको डेट हो । के कस्तो ढाड दुखी रा को छ । अनि हजुरलाई थाहा छ ? के कुरा ? मैले सटिकमा साधे । पिरियडको अघिल्लो दिन कस्तो रोमान्सको फिल हुन्छ के । उसको अनुहार सोहरीएर आयो । रातो पिरो भै उ ।
प्रसङ्ग यतैकतै रुमलिदै थियो । उसले भनि एउटा कुरा भनौ । मैले भने । भन न । भोली मेरो पिरीयडको डेट हो । के कस्तो ढाड दुखी रा को छ । अनि हजुरलाई थाहा छ ? के कुरा ? मैले सटिकमा साधे । पिरियडको अघिल्लो दिन कस्तो रोमान्सको फिल हुन्छ के । उसको अनुहार सोहरीएर आयो । रातो पिरो भै उ । आफैसँग लजाइ कि म सँग खै, बलाङ्केटले मुख छोपी हाली । कस्तो इमोशन मैले थाहा नपाए झै गरी सोधे । तपाइलाइ थाहा छैन र यस्तो कुरा ? उसले बुझ्न खोजी । लौ मलाइ कसरी थाहा हुन्छ त । मैले अनबिज्ञता प्रस्तुत गरे ।
उसले उत्सुकता ब्यक्त गरी तपाइले कहिलै रोमान्स गर्नु भएको छ ? फेरी बलाङ्केटले मुख छोपी । मैलै आफुलाइ प्रश्नको कठघरामा उभ्याउन चाहिन र सजिलै जवाफ दिए छैन त कसरी हुनु । उसले बलाङ्केटबाट चोर शैलीमा अनुहार निकाल्दै भनि तपाईलाई मेरो लिप्स कस्तो लाग्छ ? प्रश्न सोध्ने बित्तिकै टन्न मिलेका सेता दाँतले रातो ओठ टोकी बाघले शिकार झम्टे झै । मैले भने राम्रो छ नि तर अली मोटो । उसले भनि यस्तो लिप्समा किस गर्न कस्तो मज्जा हुन्छ नि है ? मलाई के थाहा मैले अनबिज्ञता दर्साए । मेरो आँखा कस्तो लाग्छ नि हजुरलाई ? केटी मुडमा आई । आखा राम्रो छ तिम्रो म यत्ति बोले । मेरो आँखामा घुम्ने हो त ? बिल्कुल म शब्दमा रित्तिदै गए । अरु कहाँ कहाँ घुम्न मन छ नि हजुरलाई ? मैले भने घुम्न त मलाई बहुत मनपर्छ तर घुम्नी ठाँउ आकर्षक हुुनु परो । केटी लजाए झै गरी । लुकामारी खेले झै गरी केटीले बलाङ्केटको डिलबाट आखाले चियाइ मलाई ।
तपाई त कता हराउनु भो । कतै पौडिनु भो कि के हो ? केही थोरै हाँसी । म नाजवाफ भए । हेरिरहे मात्र । डुल्न रेडी हो त । सोधी । उम । मैले घुम्न निस्कनै लागे झै गरी भने । केटी बलाङ्केटको च्यादरबाट बाहिर निस्कदै गई । झ्यालमा घत्य्राक्क आवाज आयो । यसो हेरे । हावा ज्यादा चलेको रहेछ । मैले झ्याल खोले । पर्दा पनि । हामी अनलाइनमै थियौ । एकै छिनमा ठूलो पानी पर्ला जस्तो भो । आकाशको गर्जन बढ्दै गयो । पुषको ठण्डीमा पनी चिटचिट पसिना आयो । आडेको कपडा जरुरी रहेन । बिस्तारै बर्ष सुरु भो । भेल बढ्न थाल्यो । भेल छेवैमा आइपुग्यो । म निथ्रुक्कै भए ……..।