Tuesday 19th March 2024
काेराेनाले निम्त्याएका संभावनाहरू…
सन् २०१९ डिसेम्वरको अन्तिम साता चीनको उहान प्रान्तदेखी देखिएको कोरोना भइरस कोभिड १९ हाल बिश्वका १ सय १० बढी देशमा देखिएको छ । संक्रमितको संख्या झण्डै २५ लाख पुग्न लागि सेकेको छ । सन् २०२० को पहिलो महिनादेखी यूरोपको यात्रा तय गरेको कोरोना हाल यूरोपमा महामारीकै रुपमा फैलिएको छ । बिश्वका प्राय सबै जसो देशमा देखिएको संक्रमणबाट बच्नका लागि एकमात्र बिकल्प पत्ता लागेको छ त्यो हो लक डाउन ।
श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ लगाएर सत्तामा टाँसिएर बस्ने र सत्ता अनि भ्रष्टाचारलाई पर्यायवाचीको रुपमा बुुझ्ने राजनैतिक नेतृत्वबाट पनि सदैका लागि उन्मुक्ति पाइन्छ ।
बिगत १ महिना देखी आधा बिश्व लगभग बन्दाबन्दी अवस्थामा छ भने चीन यसबाट तंग्रने अवस्थामा रहेको छ । यो लामो बन्दाबन्दीबाट पुजीबादी अर्थब्यवस्था संकटमा मात्र परेको छैन बिश्वभरका मजदुर श्रमिक र गरिवको पेटमा समेत बन्दाबन्दी हुने अवस्था पुगेको छ । उद्योगधन्दा बन्द हुदा उत्पादन भने शुन्य प्राय रहेको यो अवस्थामा सबैजना घरमै भएका कारण खाद्यान्नको उपभोग भने ह्वात्तै बढेको छ ।
बिश्वकोरोना महामारीबाट नेपाल पनि बिगत एक महिनादेखी बन्दाबन्दीको अवस्थामा रहेको छ । यहाँ सामान्य संक्रमणको अवस्थाबाहेक त्यस्तो ठूलो बिपत्ति हाम्ले भोग्नु परेको छैन । तर यही अवस्था कायम रहे यो भन्दा कहालीलाग्दो अवस्था भोकमरीको रुपमा हामीले भोग्नुपेर्न हुन सक्छ ।
अहिले नेपालमा संघ, प्रदेश, स्थानिय तह तिनै तहका सरकार आँफुसँगको रकम र प्राप्त खाद्यान्नलाई क्वारेन्टिन निर्माण र राहतको रुपमा बितरणमा लागि रहेका छन् । यसले गरिब, बिपन्न र दैनिक ज्यालादारी गरी बिहान बेलुकाको छाक टार्ने श्रमिक मजदुरको बिहान बेलुकाको छाक टार्न केही मात्रामा भएपनि सहज भएको छ ।
बिश्व परिवेशलाई नियाल्ने हो भने कोरोना महामारीको संकटबाट बिश्वले तत्कालै पार पाउने देखिदैन । यसको औषधी वा खोप निर्माण भइ हाले पनि यसको रोकथाममा केही महिना लाग्ने देखिन्छ । जसको उपायको रुपमा बन्दाबन्दी केही समयका लागि बिकल्प हुन सक्छ तर यो दीर्घकालिन बिकल्प भने कदापी होइन । लामो समय बन्द रहने हो भने बिश्वको अर्थब्यवस्था धरासाई बन्ने पक्का छ , त्यसमा पनि नेपाल जस्ता भर्खरै उठ्ने कोशिस गरेका अर्थतन्त्र भएका देश उठ्नै नसक्ने गरी थला पर्ने संभावना रहन्छ । अमेरिकामा त लामो समय बन्द हुँदा अर्थतन्त्र धरासायी हुने डरले मानिसहरु बन्दको बिरोध गर्दै सडकमा निस्कन थालिसके । लामो समय बन्द जारी रहे बिश्वमा अन्य देशमा पनि यही अवस्था दोहरीन सक्छ त्यसपछि त झन रोगको महामारीले बिकराल रुप लिनेछ ।
कोरोना महामारीका कारण अहिले सक्रिय यूवा जनशक्ति गाँउ केन्द्रित भएको छ । यस्तो अवस्थामा सरकारले कृषि क्षेत्रको बिकासका लागि स्थानिय तहसँग समन्वय गरी बलियो र ब्यवहारिक योजना निर्माण गर्न सकेमा ति जनशक्ति त्यही स्थिर गराउन सकिन्छ ।
लकडाउन खुलेर अवस्था मत्थर भएमा पनि नेपाल जस्ता देशका लागि केही समय चुनौती बन्न सक्छ । अव अन्तराष्ट्रिय आवातजावत खुकुलो हुने बित्तिकै बिदेशमा रहेका नेपाली पनि एक चोटी स्वदश फिर्ने छन् । जसले यहाँ बिदेशी रेमिट्यान्समा गिरावट मात्रै हुदैन यहाँको खाद्यान्न उपभोग पनि चुलिन्छ । लामो समय उत्पादन बन्द भएका कारण बिदेशबाट आयात गर्न नसक्ने अवस्था र स्वदेशमा भएको सामाग्री उपभोग बढी हुँदा आगामी दशै सम्ममा नेपालीहरुले भोकमरीको अवस्था झेल्नु पर्ने हुन सक्छ जसले नेपाललाई १० बर्ष पछाडी धकेल्ने छ ।
बर्तमान अवस्थालाई हेर्ने हो भने नेपालका शासकमा कोरोना महामारी र यसले निम्त्याउन सक्ने दीर्घकालिन समस्याको समाधानको बिकल्पका बारेमा कुनै ठोस कार्यक्रम र योजना तयार भएको देखिदैन । यसले शासकको दुरदर्शिता शुन्य भएको तर्फ संकेत गर्दछ । देश संघियतामा रहेको अवस्थामा केन्द्रको मुख नताकी आत्मनिर्भर हुन चाहने प्रदेश सरकारले पनि योजना बनाएर लागु गर्न सकेको देखिदैन ।
कोरोना आफैमा समस्या त हो तर शासक सचेत र दुरदर्शी बन्ने हो भने यसबाट छुटकारा मिलेसँगै यो नेपालजस्ता देशका लागि अवसरको रुपमा सावित हुन सक्छन् । दुई तिहाईको बलियो कम्यूनिष्ट सरकार भएकाे बेला कोरोनाको चुनौतिलाई अवसरको रुपमा बदल्न सकेमा यसबाट देशको समृद्दिको सपना पुरा गर्ने मार्गचित्र कोर्न सकिन्छ ।
सरकारले कृषि क्षेत्रको बिकासलाई योजनाबद्ध रुपमा उत्पादनमुखी, ब्यवसायिक, प्रबिधिमैत्री र बजारउन्मुख बनाउन ठोस योजना जरुरी छ । यसका लागि प्रत्यक प्रदेश र स्थानिय तहसँग आआफ्नो प्रतिबद्धता सहतिको क्षमतामा आधारित प्रश्तावना आह्वान गर्न सक्छ ।
कोरोनाबाट आम जनजीवनको समस्या समाधान गर्न सरकारले बितरण गरेको राहत कार्यक्रम तत्कालिन समाधान भएपनि यो दीर्घकालिन समाधान भने होइन । नेपाल जस्तो कम आर्थिक स्रोत, अर्थतन्त्रमा उद्योग धन्दाको नगन्य याेगदान, बिदेशी रेमिट्यान्सले स्वदेशको खर्च धानेको अवस्था जस्ता परिस्थतिमा कृषि क्षेत्रको उल्लेख्य बिकास बिना देशको अर्थतन्त्र उठाउन सकिदैन । कोरोना जस्ता महामारीमा थलिएपछि कृषिको बिकास बिना अर्थतन्त्रको उकालो कल्पना गर्न पनि सकिदैन ।
कोरोना महामारीका कारण अहिले सक्रिय यूवा जनशक्ति गाँउ केन्द्रित भएको छ । यस्तो अवस्थामा सरकारले कृषि क्षेत्रको बिकासका लागि स्थानिय तहसँग समन्वय गरी बलियो र ब्यवहारिक योजना निर्माण गर्न सकेमा ति जनशक्ति त्यही स्थिर गराउन सकिन्छ ।
सरकार अहिले बजेटको संघारमा पनि छ । कोरोना रोकथाम र थलिएको अर्थतन्त्र उकास्नका लागि बलियो सरकारको बजेटमा बिगतका बर्षमा झै सबैको मन बुझाउन बजेटलाई कनिका छरे झै छर्नु पर्ने अवस्था रहदैन । राष्ट्रिय गौरवका केही अायोजना र अत्यावश्यक महत्वका पूर्वाधार बिकास बाहेर अन्य क्षेत्रको बजेटलाई कृषि र स्वरोजगारमा केन्द्रीकृत गरेर योजना बनाउन सक्ने हो भने त्यसले बहुआयामिक प्रभाव पार्न सक्छ ।
सरकारले कृषि क्षेत्रको बिकासलाई योजनाबद्ध रुपमा उत्पादनमुखी, ब्यवसायिक, प्रबिधिमैत्री र बजारउन्मुख बनाउन ठोस योजना जरुरी छ । यसका लागि प्रत्यक प्रदेश र स्थानिय तहसँग आआफ्नो प्रतिबद्धता सहतिको क्षमतामा आधारित प्रश्तावना आह्वान गर्न सक्छ । स्थानिय स्तरको कृषि बाली, उपयुक्त माटो, भुबनोट, जनशक्ति , प्रबिधी आदिको वारेमा त्यहाका स्थानिय तहहरु जानकार रहन्छन् ।
निश्चित कृषि बालिका लागि बिशेष क्षेत्र पहिचान गरी त्यहाको आवश्यकता र क्षमतामा आधारित रहेर केन्द्रले बजेट परिचालन गर्ने योजना बनाउन सक्छ । आफ्नो क्षेत्रको कृषि बिकासका लागि स्थानिय तहहरुले निम्न कुरालाई महत्व दिएर योजना निर्माण गर्न सक्छन् ।
– कृषि क्षेत्रको बिकासका लागि कोरोनाका कारण गाँउ पसेका र भोली बिदेशबाट फर्कन सक्ने यूवालाई लक्षित गरी सामूहि कृषि समूह निर्माणमा जोड दिने ।
– ग्रामीण र उत्पादनशिल क्षेत्रको जग्गालाई पल्टीङ र बेचबिखनमा बन्देज गरी कृषि कार्यका लागि चक्लाबन्दीको योजना र डोजर लगाउने कार्य सम्म स्थानिय तहले समन्वय गर्ने ।
– कृषि कार्यका लागि आवश्यक मल, बिउ खरिद केन्द्र स्थानिय तहकै सक्रियतामा सञ्चालन गर्ने,
कृषिमा आधुनिकीकरण र प्रबिधिको प्रयोगका बारेमा स्थानिय तहले सम्वन्धीत बिज्ञको सहयोगमा सहजिकरण गर्दिने र लामो तथा छोटो समयको तालिम सञ्चालन गर्ने ।
– कृषि क्षेत्रका देखिने संबेदनशिल बिषयबस्तु रोग, बाली नोक्सानी, ग्रामिण क्षेत्रको बादर समस्या लगाएतको समाधानमा योजना निर्माण गर्ने ।
– उत्पादित कृषि सामग्रीको बजार प्रवर्दनका लागि आधुनिक सूचना प्रबिधिमा आधारित बिकासमा प्रेरित गर्ने । कृषि उत्पादनलाई बारीदेखी बजारसम्म पु¥याउन बिचौलिया नभई अनलाइन प्रबिधिको प्रयोग गर्ने ।
– उत्पादित सामग्रीको बजार ब्यवस्थापनका लागि एक स्थानिय तहले अर्को स्थानिय तहसँग समन्वय गरी आवश्यकतामा आधारित आयात निर्यातमा जोड दिने ।
– उत्पादित सामग्री बजार आवश्यकता भन्दा बढी हुन थालेपछी घरेलु उद्योगको रुपमा हुँदै औधोगिक बिकासका रुपमा अगाडी बढाउने ।
यसरी कृषिको योजनाबद्ध रुपमा बिकास गर्न सकिएमा जग्गाको बिक्रि गरेर, दलाली गरेर, बसिबसी खाने प्रबृतिको अन्तय गर्न सकिन्छ भने १५ बर्षको उमेरमै बिदेश ताक्ने मानसिकतामा समेत परिवर्तन गर्न सकिन्छ । देशभित्रको शिक्षित र शीपयुक्त निस्कृय यूवा जनशक्तिको प्रयोग गरी अर्थतन्त्र उकास्न सकिन्छ । श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ लगाएर सत्तामा टाँसिएर बस्ने र सत्ता अनि भ्रष्टाचारलाई पर्यायवाचीको रुपमा बुुझ्ने राजनैतिक नेतृत्वबाट पनि सदैका लागि उन्मुक्ति पाइन्छ । यसले देशको सवल अर्थब्यवस्था सहितको समुन्नतिको मुहार फेर्नेछ ।