Sunday 24th September 2023

कुप्रिएको मानवता

May 6, 2020 8:32 am, हेरालाे खबर

सृजा टेर

सृजा टेर, भिमदत्त – १८, कञ्चनपुर,

सुनकोशीको त्यो पुलमा एक हुल हामी पुगेऊ। त्यहि छेउमा रहेको पेट्रोल पम्पमा बाईक धनी साथीहरु पेट्रोल भर्न तिर लागे। कर्णाली पुल जतिको लम्बाई भएको, पिच गरिएको र फलामले धानेको त्यो पुल बिकट ठाउँ ओखलढुंगा र खोटाङ हलेसी जाने हाईवे उकालोको फेदैमा थियो। वरी परी बिशाल पहाड थिए, पहाडको बिचौ बीच काट्दै गईरहेको फिज आउने गरि ठुलठुला छालहरु बगाउदै गरेको रमणीय दृश्यमा बिश्राम गर्ने रहर कसलाई नहोला र । नदीको दुई किनारलाई जोड्ने त्यो पुल बिचौ बीच गई नदीको गहिराइ नाप्ने इच्छा जाग्यो । त्यो रमणीय दृश्य क्यामेराको मेरोरीमा कैद गर्न मन लाग्यो। आहा ! प्रकृति कति क्रिएटिभ  छ है ! म पुल बीच गई नदी पट्टि फर्किए र पुलको एक खम्बामा सुस्केरा लिई अडेस लगाउदै पर-पर सम्म फैलिएका गगनचुम्बी पहाडहरु एक टकले हेरी रहे। 

बर्षौ पछी खाडीबाट फर्केको आफ्नो छोरालाई तेही लौरो टेक्दै स्वागत गरेकी हुन् र बेला मौका छोराले गिज्याउदा तेही लौरोले आफ्ना मन पर्ने बाख्रा खेदाए जस्तै छोरोलाई पनि खेदाएकी हुन्। त्यहि गगन चुम्बी पहाडहरुको भिरको डिलहरुमा लौरो अड्याउदै अड्याउदै आफ्नो सानो छाप्रोमा पुगेकी हुन्। कती भाग्यमानी लौरो थियो

बग्दै गरेको सप्तकोशीको एकनासको एकोहोरो धुनले म आफै पनि कता हराएको म आफैले नै ठम्याउन सकिन। सायद यही हो जीन्दगी- एकहोरो, एकनास र निरन्तर।  बेला-बेला ठुला गाडी र टिप्परहरुले पुलनै झर्ला झैँ गरेर हल्लाई रहन्थे। एक छिन त मेरो एकोहोरो मन खलबल बनाई दिएकोले यो पुल नबनेको भए नि हुन्थ्यो भन्ने सोचे। त्यो प्रकृतिले गरेको अध्बुत विकास बीच मानब निर्मित संरचनहरुले ध्यान भंग गरि रह्यो। त्यो आकासे रंगले रंग्याएको त्यो पुल पानीकै निलो रंगसंगै म्याचिंग गराउन खोजिएको हुन पर्छ तर पनि प्रकृति निर्मित निलो रंग, मानब निर्मित निलोको तुलनामा निकै फिक्का थियो। निलो पानी बीच कहिँ कहिँ भुमरी जस्तै गोलो –गोलो एकै ठाउमा जम्मा भईरहेथ्यो। सानो छदा त्यहाँ बीच भुत बसेको हुन्छ अनि त्यो बीच गए भूतले तानेर लैजान्छ रे भन्थे। निकै बेर सम्म एकोहोरो हेरी रहेको भएर होला रिन्गाटा चले झैँ हुन थाल्यो।

आखा फेरी पुल तिर डुलाए। पर हेर्दा मेरै पट्टिबाट एउटा आमै आउदै गरेको देखे। आमै हेर्दा- बुढेसकाल पनि नलागेको र अधबैसे उमेर सकिन लागेको करिब करिब ५२-५४ जस्तै देखिन्थिन। अल्ली कुप्रिएकी ती आमा एउटा हातले ढाड र अर्को हातले चिल्लो लौरो टेक्दै आफ्ना बाख्राहरु खेद्दै थिईन्। शरीरमा सफा भनेकै आमाले बोकेको लौरो थियो होला। लौरो निकै चिल्लो थियो लाग्थ्यो कि आमाले आफ्नो जीवनको आदि सफर लौरो संगै संगै तय गर्नु भएको हुनुपर्छ। ती आमा अब म भए नजिक आईन् र म पट्टि फर्केर त्यहाँ अडडीईन्। मैले यो दृश्य हेरी नै रहे। म निकै सफर काटी आएकी भएर आफुलाई फोहोरी मानिरहेकी थिए तर ती झुत्रे-झाम्रे आमाको आगाडी म सफा देखिए। कपाल मेरो धुलोमय भएनी कालो चस्मा अड्डाएकै थिए। चिसो र स्वच्छ  हावाको स्पर्श पाउन आफ्नो ज्याकेट कम्मरमा बाधेकी थिए त्यो पनि सबै ब्र्यान्डेड। तर पनि आमाको शरीरमा दस ठाउ टालेको सारी मै मेरो ध्यान थियो। घाटीमा झुण्डाएको DSLRको दाम्लो फुकाउदै आमैको तस्बिर कैद गर्न खोजे।

ल !! आमा एउटा फोटो लिन्छु है ? मैले खिच्नु अघि इजाजत मागे

आमा पनी क्यामेरा तिर हेर्दै मुस्कान प्रदान गरिन्। सायद त्यो भनेको आमाले फोटो खिच्ने इजाजत दिएको हुनुपर्छ। क्यामेराको सानो लेन्सबाट आमाको मुस्कानलाई हेर्दै ती मुस्कानहरुलाई आफ्नो अनि क्यामेराको मेमोरीमा टाले। मन मनै कठै लाग्यो।

आमाको घर कहाँ हो? कता बस्नु हुन्छ त् नि ? मैले आमाको भर्खरै लिएको तस्बिर हेर्दै सोधे।

ऊऊ । त्यो। घर छ नि ! होओ !तेही घर हो नानि, आमाले आफ्नो औलाले भ्याउने गरि डाडा तिर सानो माटोको अनि परालको छानाले ढाकेको घर देखाउदै भनिन् ।

अनि आमा तपाईको त् भर्खरकै देखिनु हुन्छ ? त्यै पनि हजुरको ढाड के भएको? कसरी भयो यो सब? मैले फेरी सोधे

लडेको नानी ! गोठालो जादा भिरबाट लडे अनि ढाडको हड्डी नै भाच्चियो। आमाले निकै मार्मिक आवाजमा भन्नुभयो

अनि उपचार गर्नु भएन ? मैले फेरी जिज्ञासा लिदै सोधे

आमा अल्ली सुस्केरा लिनु भयो एका पट्टिको बाख्रालाई धपाउदै अनि म पट्टि फर्किएर फेरी भन्नु भयो।

के गर्ने नानी कसले सकोस उपचार गर्न , कति औ महिना काम नगरि बिस्तारा मै पल्टीराख्नु पर्यो, उपचार खर्च सकियो पुरै उपचार गर्न सम्भव नभई फर्किनु पर्यो अहिले पनि दुखिरहन्छ उपचार गर्न पैसा छैन तर के गर्नु नगरि खान पाइदैन रहेछ, आमा आफ्ना कुराहरु राख्दै गईन संग संगै म पनि गम्भीर भए।

कति दुःख छ येहा। आमाको बसाई, दुख्ख , व्यथाहरु मैले निकै दिलचस्पी देखाएर सुनिरहे तर आमाको दैनिकी आफुले पनि भोग्नु परेको भए मलाई कुनै दिलचस्पी हुने थिएन होला। यसरी दुख्ख पाएको कुरा शहरमा अस्पतालमा मात्रै सुन्न पाइन्छ तेही पनि स-परिवार साथ हुन्छन।त्यति पिडादायी जीवन हुदैन जति यो आमाको कष्टपूर्ण जीवनमा छ। यी आमा त् अस्पतालमा हुनु पर्ने मा येहा आफ्नो लौरोको भरमै जीवन काटीरहेकी थिईन।

मैले छेडिक भरका लागि येही शान्त जीवन बिताउन पाएहुन्थ्यो भन्ने बिचार आमाको कष्टले भैरिएको जीवनी सुने पछी त्यागि दिए। त्यसैले त् गाउका नौजवानहरु उच्च जीवनशैली अपनाउँन शहर पस्छन। गाउ खालि हुन्छ अनि बिकास पनि थोरै हुन्छ।

अनि नानी !! तपाईहरु कहाँ बाट आउनु भएको ? आमाले फेरी सोध्नु भयो

म एउटा बिचारमै डुबेकी वास्तविकमा फर्किए।

आमा ! हामी त् काठमान्डौबाट आएका हौ मैले भने

अनि घर पनि तेही हो ? आमाले फेर्री सोधिन

हो आमा ! आफ्नो गाउघर बिर्सिएर काठमान्डौमा अस्थाई रुपमा बसोबास गरेको भरमै मैले हो भनिदिए। कता कता म पनि बिकट ठाउ आफ्नो जन्मभूमि बारे भन्न लाज माने। आफुले आफुलाई ठुलो घराने छोरी हु जस्तै देखाए। म ठुली पल्टिए।

अनि नानि के थरि पर्नु भयो ? फेरी आमाले सोधिन्

छेत्रीय हो आमा ! मैले भने अनि संग संगै आमालाई पनि सोधे

हामी पनि छेत्रीय नै हौ आमाले भन्नु भयो

धन्न ! जातियतामा हामी एकै  परेछौ हैन भने येहा पनि म ठुली हुन खोज्ने थिए। एकछिनको मौनता पछी आमाले मुख खोल्नु भयो, नानी! संग केहि पैसा छ ?

हजुर ? म एकछिन अलमलिए, मैले जे सुने फेरी सियोर हुन नबुझे झैँ गरे

नानी संग पैसा छ भने दिनु हुन्छ कि ? आमाले अब सुस्तरी अल्ली अप्ठेरो आवाजमा सोधिन

मलाई यहा निकै अनौठो अनि अचम्म लाग्यो। म संग पैसाको पर्स थिएन साथिको झोलामै थियो।मलाई पैसा दिन नपाउदा अप्ठेरो पनि लग्यो तर एक मनले आफुले दुख्ख गरेर कमाएको पैसा सम्झिदा निकै कन्जुस्याई पनि लाग्यो। यती शान्त बाताबरणमा आमा बस्न पाईरहनु भएको छ, पैसाको सुख्ख नभए पनि एक मनमा सन्तोष अनि शान्ती छ एति भए आमालाई पैसाको के महोत्व। मैले आमाको गाउले जीवन प्रति आरिस गरे तर म पनि त ! सधै येहा बस्न सक्दिन मलाई पनि सुख्ख खोज्न पैसा नै चाहिन्छ, हैन र ? एक मनले भन्यो। मैले आमालाई सहयोग गर्न नपाउदा निरास भए।

ती आमै पनि निरास भएको उहाको अनुहारमा प्रष्ट देखिन्थ्यो। म पुल दाहिने पट्टि थिए। आमा आफ्ना बाख्राहरु खेदाउदै बाया पट्टि गइन् ।

पुलको छेउ छाउमा साना साना हात छिर्न सक्ने  अनि आखाले नदीलाई हेर्न मिल्ने गरि प्वालहरु बनाइएका थिए। के कारणले त्यो बनाईएको थियो थाहा छैन। म आमालाई हेर्दै थिए तेत्तिकैमा आमैको त्यो चिल्लो लौरो त्यो प्वालको सफर काट्दै लरक्क भै खस्यो। बल्ल थाहा भयो त्यो प्वालहरु बनाएको उदेश्य। मान्छेलाई हिड्न सहारा दिने त्यो पुलले गरिबलाई पनि नटेर्ने रहेछ, हेप्ने रहेछ। म त्यो पल केहि सोचिन। दौडिदै आमा भए पट्टि बाया तिर गए। आमाको लौरी पानीमा बिलायो अनि एकछिन पछि पानीमा तहिरियो। पानीको बवाफसंगै त्यो तैरिन थाल्यो। एतिका बेर सम्म त्यो चिल्लो लौरो कुन् दिशामा तैरिएको भनेर मैले बल्ल होस् गरे। जहिले पश्चिम तिर बगिरहेने पानी देखेकी थिए तर यो ठिक अरु भन्दा उल्टो दिशा पुर्ब तिर बग्दै थियो।म बास्तबिकमा फर्किए। त्यो पानीको दिशाले मेरो सोचलाई दर्शायो।

लौरीलाई पुलले छेक्यो म फेरी दाहिने तिर आए, आमा पनि एउटा हात घुडामा टेकाउदै दाहिने पट्टि आउनु भयो। आमैले पुलको खम्बामा अडेस लाउदै पानीमा हेर्नु भयो मैले पनि हेरी रह्हे। पुलले लुकेको लौरी बल्ल देखियो। त्यो बग्दै बग्दै पुर्व तिर जादै थियो। मैले मन मनै लौरी किनारमा आइदिए हुन्थ्यो झैँ भयो।

आमा लौरोलाई आखा नछोडी हेरीरहिन्। आमाको लौरो प्रतिको भावना अनुहारमा प्रष्ट देखिन्थ्यो। कुनै आफ्नै आफन्तको देहान्त भए झैँ आमा ओईलाईन्। त्यो लौरो चिल्लो थियो। धेरै पुरानो हुनु पर्छ भन्ने मैले अनुमान लगाए। आमाको एउटी टेक्न मिल्ने सहारा थियो, जीवनमा अरुहरुले लडाउदा उठाउने सहारा थियो त्यो लौरो। कहिले कतै आफु दौडिन नपाए पनि आफ्ना मन पर्ने गाई-बस्तुलाई खेदाउदै दौडाएकि हुन्। बर्षौ पछी खाडीबाट फर्केको आफ्नो छोरालाई तेही लौरो टेक्दै स्वागत गरेकी हुन् र बेला मौका छोराले गिज्याउदा तेही लौरोले आफ्ना मन पर्ने बाख्रा खेदाए जस्तै छोरोलाई पनि खेदाएकी हुन्। त्यहि गगन चुम्बी पहाडहरुको भिरको डिलहरुमा लौरो अड्याउदै अड्याउदै आफ्नो सानो छाप्रोमा पुगेकी हुन्। कती भाग्यमानी लौरो थियो आमाको जीवनको एक एक कष्टमा साथ थियो र अन्त्यमा अन्तिम सांस सम्म साथ दिने बाचा संगै आमाले लौरो गुमाईन कि भनौ लौरोले आमा गुमायो।

हेर्दा हेर्दै मेरो जाने बेला हुन थाल्यो। मैले किनारै किनार आएको लौरो तल गएर लिएर आउन पनि आट गरिन र साथीहरु संग केहि पैसा मागेर आमैलाई दिन पनि सक्थे तर मैले तेस्तो केहि गरिन।

आमाको कम्जोर आखाले कतिन्जेल त्यो लौरो हेरी भ्याउथ्यो र ? आमा पुललाई नै सहारा बनाउदै हिड्दै गईन। मेरा जवान आखा अझै लौरोलाई देखिरहेका थिए।

मैले लौरो आखा पोलुन्जेल अनि मुटु पोलिरहुन्जेल हेरिरहे।

त्यो दिन मलाई ! उपचार हुन् नसकेको आमाको कुप्रिएको ढाडले, मेरो कुप्रिएको मानवताको उपचार गरिदियो।


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal