Tuesday 19th March 2024
समर्पण
सूर्यबहादुर थापा
पाेखरा ,
म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्
म त एक स्वतन्त्रताको पुजारी
म सक्दिन तिम्रा हरेक इच्छा र चाहनाहरुलाई
मेरो दास बनाउन ।
तिमीसँग हरपल रहनु
त्यो मेरो इच्छा छैन
न त चाहन्छु नै म
तिम्रो अस्तित्व लुट्न
तर पनि तिम्रो लागि
मेरो माया समर्पित छ ।
जीन्दगीको गोरेटोमा
धेै यात्रीसँग यात्रा गर्न
कहाँ पो सकिन्छ र
तर पनि म ति यात्रीहरुलाई उछिन्दै
तिमीसँगै यात्रामा रहने छु
मेरो दिल हरपल
तिम्रो सिट छेउमै रहने छ
र, हरपल तिम्रै सुखद् यात्राका
कामना गरिरहने छ ।
म सक्दिन तिम्रो पहरेदार बन्न
र, नसम्झनु मलाई
जुन दोबाटोमा रुमलिन्छ तिम्रो शरिर
म सक्दिन तिम्रो
उन्मक्त इच्छाहरु मेट्न
अनि नसम्झनु मलाई
जहाँ तिमी सुखी रहने छौ ।
म त तिम्रो दिलको पहरेदार
जुन दोबाटोमा
तिम्रो दिल रुमलिन्छ
तव सम्झनु सूर्य हरदम तयार छ
तिम्रो सफलताको बोटो देखाउन
अनि पो त मेरो माया झल्किनेछ
स्वतन्त्र यो मनमा सधै
तिम्रै दिलको पुजा हुनेछ
तिमी जो सँग जहाँ रहेपनि
अनि थाहा पाउने छौ तिमीले
तिम्रो लागि मेरो माया समर्पण छ ।।
प्रतिक्रियाका लागि : suryathapa12@gmail.com