Thursday 28th March 2024
कर्म फ्लाइट्सद्वारा पोखरा -१८ सेदीमा राहत वितरण
हेरालो खबर, २०७७ श्रावण १८, आइतबार, पाेखरा । बिगत लामाे समयदेखी बिभिन्न सामाजिक कार्यमा क्रियाशिल कर्म फ्लाइट्स फाउण्डेशनले अाइतबार पाेखराकाे सेदी भिलेज र खपौदीमा कोरोना प्रभावित बिभिन्न ब्यक्तिहरूलाइ राहत बितरण गरेकाे छ ।
फाउण्डेशनले प्याराग्लाइडिङ्ग प्याकिङ्ग गर्ने प्याकिङ्ग बोइज लगायत कठिन परिस्थितिमा रहेका गरिब, असहाय र अपांगता भएका तथा जेष्ठ नागरिकहरुलाई राहत बितरण गरेकाे फाउण्डेशनका उपाध्यक्ष एवं राहत कार्यक्रमका संयोजक लक्ष्मण बहादुर थापाले जानकारी दिनुभयाे ।
कर्म फ्लाइट्स फाउण्डेशन र द क्लाउडवेश फाउण्डेशनको सहकार्य तथा पोखरा महानगरपालिका वडा नं–१८ को संयोजनमा कार्यक्रम अायाेजना गरिएकाे हाे ।
फाउण्डेशनका उपाध्यक्ष एवं राहत कार्यक्रमका संयोजक थापाका अनुसार प्रति परिवार २५ केजी चामल, १ केजी नुन, २ केजी दाल, १ केजी चिनी, १ केजी चना, १ लिटर खानेतेल, सोयाबिन २ प्याकेट, साबुन २ वटा, मास्क र शैक्षिक सामग्री (कपी, पेन्सिल, इरेजर, कटर इत्यादि) गरी प्रति परिवार रु २४००/- (अक्षरुपी दुइ हजार चार सय मात्र) बराबरको राहत सामाग्री वितरण गरिएको गरिएकाे हाे ।
कार्यक्रममा कार्यक्रमका संयोजक तथा फाउण्डेशनका उपाध्यक्ष थापाले प्याराग्लाइडिङ्ग पाइलट समुदायको तर्फबाट कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका गरिब, मजदुर तथा अति विपन्नहरुलाई सहयोग पु–याउने उद्देश्यले राहत सामाग्री वितरण गरिएको जनाउनु भायाे
पोखरा–१८ का वडा अध्यक्ष रणबहादुर थापाको प्रमुख आतिथ्यतामा, सेदी टोल विकास संस्थाका अध्यक्ष झपट बहादुर थापाको विशेष उपस्थितिमा प्रभावितहरुलाई राहत सामाग्री वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा प्रभात आधारभुत विद्यालयका शिक्षक कृष्णप्रसाद कोइरालाले मन्तब्य राख्नुभएकाे थियाे । स्थानीय आमा समुह, फेवा पर्यटन समाजका अध्यक्ष राम राई, अम्बिका ममता क्लबका अध्यक्ष रमेश थापा, नेपाल प्याराग्लाइडिङ्ग पाइलटस क्लबका अध्यक्ष विमल पहारी, स्थानीय समाजसेवी, बुद्धिजिवीको विशेष उपस्थिति रहेको थियो ।
राहत वितरण कार्यक्रमको शुरुवात हुनूभन्दा अगाडि कर्म फ्लाइट्सका स्टाफहरुको अगुवाइमा प्याराग्लाइडिङ्ग प्याकिङ्गग बोइजहरु, युवाहरु र विदेशी भोलिन्टियरहरुको टीमले बंगलादी, गैराचौतारा, सेदी क्षेत्र तथा सनराइज ल्याडिङ्ग क्षेत्रमा फोहोरमैला टिपेर सरसफाइ गरेका थिए ।
आगामी बुधवार सेदी डाँडामा रहेको श्री प्रभात आधारभुत विद्यालयमा अध्ययनरत ५५ जना बालबालिकाहरुलाई पोशाक, शैक्षिक सामाग्री, जुत्ता मोजा तथा मास्क लगायत व्यक्तिगत सरसफाई सामाग्री वितरण गरि विद्यालय खोल्न सहयोग पुग्ने गरि काम गर्न लागेको संस्थाका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताउनुभयाे ।