Sunday 24th September 2023
तीज गीत २०७७, एक समालाेचना

पाेखरा
suryathapa12@gmail.com
लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै चीज भन्न थाल्ने व्यक्तित्वहीन रचना नै लोक गीत हो । त्यही रचना लोकको आफ्नो गीत हुन्छ, जुन गीत परम्परामा गाँसिन्छ र परम्पराले समय—समयमा अनुकूल परिवर्तन गर्दै रहन्छ । यसमा लोक जीवनको दुःखसुख, आँसु—हाँसो, आशा—निराशाका साथै उकाली ओराली, सामाजिक मुल्य र मान्यताहरूको चित्रण हुन्छ । लोकगीत सामान्य जनताका संवेदनशील भावुक हृदयका त्यस्ता उद्गार हुन् जुन सङ्गीतका सुदृढ धारामा छन्दोबद्ध भएर प्रवाहित हुन्छन् । आफ्नै विषय, आफ्नै परिवेश र आफ्नै लयमा आफैले परम्परादेखि प्रयोगमा ल्याइआएको हुँदा तथा त्यसको विशिष्ठ लयात्मकता, गेयात्मकता, समेतका कारणले लोकगीत लोकसमुदायमा सर्वाधिक रुचि र उपयोगको विधा रहिआएको छ । यही लोक गीतको एउटा अंश तीज गीतले बोकेको छ ।
तीज हिन्दु नारीहरुले मनाउने एक महान् चाड हो । तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । बिशेषत हिन्दु नारीले मनाउने भएपनि आजभोली सबै धर्म समुदायका महिलाहरुले यो पर्व हर्ष उल्लासका साथ मनाउने गर्दछन् । यो चाडमा माइतीले (बाबु आमा, दाजुभाइ) छोरीचेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुःख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ । यस चाडमा विशेष महत्वकासाथ दर खाने गरिन्छ । यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन रहिआएको हो ।
पार्वतीको तपस्या र कठोर ब्रतका प्रभावले शिव पार्वतीको विवाह हुन पुगेको हिन्दु कथन रहेको छ । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिताले सुयोग्य वरको आशा राखी ब्रत बस्छन् । तीज ब्रतको दिन घरको कामकाजलाई चटक्क छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हषिर्त भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन् । यसले महिलाहरूलाई सशक्त बनाउँछ ।
तीजको परम्परागत मान्यतामा बर्तमान समयमा केही फरकपन आएको छ । तीज मनाउने तरिका सँगै तीजका बेला गाइने तीज गीतमा पनि फरकपन देखिन थालेको छ । समाजमा आएको सामाजिक चेतना र बिकासका कारण तीज प्रतिको दृष्टिकोणमा परिर्वतन आएको हो । उसो त परम्परागत रुपमा चेलीले भोगेका जीवनशैलीमा पनि आमुल परिवर्तन भएको छ । यो परिवर्तन बर्तमान समयमा गाइने तीज गीतमा प्रस्ट देख्न सकिन्छ । नेपाली महिलाहरुको महान चाड तीज २०७७ लाइ आधार मानेर यूट्युवमा प्रकाशन भएका पछिल्ला केही प्रतिनिधि मूलक गीतको समालोचना गर्ने प्रयास यहाँ गरिएको छ । यि गीतमाथी आम स्रोता दर्शकले जाहेर गरेका प्रतिक्रिया र युट्युव भ्युजका आधारमा बिश्लेषण गरिएको छ ।
१. बदला बरिलै
प्रकाश शपुत नेपाली गीत संगितमा पछिल्लो समय एक ब्रान्डका रुपमा उदय भएका छन् । अरुभन्दा पृथल शब्द, परिवेश र लोकलयलाइ समात्ने शपुतको यसपालीको बदला बरिलै बोलको तीज गीत युट्युवको ट्रेन्डिन नम्वर १ मा रहेको छ । बलत्कार जस्तो जघन्य अपराधका शिकार हुन पुगेका आम किशोरीहरु प्रति गीत समर्पण गरिएको छ । गीतको परिवेश पनि यही रहेको छ । गीतमा चर्चित नायिका केकी अधिकारीको मुख्य अभिनय रहेको छ । किशोरीहरुलाई बिभिन्न बहाना बनाइ समाजका दिग्गज ट्याग लागेका ब्यक्तिहरुबाटै कसरी गिद्धे नजर लगाइन्छ भन्ने खालको परिवेश गीतमा रहेको छ । एका तर्फ बलात्कारबाट किशोरी पिडित बनेको र अर्को तर्फ छोरा नजन्माएको निहुमा घरमा श्रीमतीमाथी पुरुषले गरेको अत्याचारको बृतान्त गीतमा रहेको छ ।
कहानी सुरु गरु मैले कहाबाट बरिलै भन्न पनि लाजै छ
जीन्दगीमा मेरो एउटा घटना.चोट अझै ताजै छ ।।
मेरा पनि आँखामा थिए धेरै सपना बरिलै जीन्दगीको बारेमा
संसार देख्छु भनेर गरेकी थिए अठोट बरिलै आँफैसँग हारे म ।।
गीतसँगै भिडियो पनि उत्कृष्ट बनेको छ । गीत दृश्यावलोकनका क्रममा जो कोही भाबुक बन्न सक्ने र बलात्कार जस्तो जघन्य अपराधका बिरुद्धमा आवाज बुलन्द बनाउने प्रेरणा गीतले प्रदान गरेको छ । बलात्कार पीडितले समाजका न्याय पाउन नसकेको कटु सत्यलाइ पनि यहाँ चरितार्थ गरिएको छ ।
बलात्कार पश्चात किशोरी र अन्त्यमा बलात्कारीलाइ नै झुण्डाइएको दृश्य सांकेतिक रुपमा प्रस्तुत नगरी अनुहार सहित देखाउदा त्यसले पार्न सक्ने प्रभावको बारेमा बेवास्था गरिएको छ भने गीतको सुरुवाती अवस्थामा ‘लाटाले पापा हेरेको जस्तो के हेरेको’ भन्ने शब्द प्रयोगको समय सान्र्दभिकतामा ध्यान नपुर्रयाएकाे देखिन्छ । देवि घर्तिको स्वर रहेको गीतमा प्रकाश सपुतकै शब्द र संगित रहेको छ । यस गीतले ३२ लाख बढी भ्युज बटुलेको छ ।
२ . पीर नभाको को छ र
पशुपति शर्मा नेपाली लोक गीत तथा लोक दोहरी क्षेत्रमा पछिल्लो समय एकछत्र राज गर्न सफल कलाकार हुन् । तीज गीतबाटै यस क्षेत्रमा चर्चा कमाउन सफल भएका गाएक शर्मा बिभिन्न समयमा गीतकै कारण चर्चा र बिवादमा समेत तानिने गरेका छन् । यसपाली पनि पशुपति शर्माका तीज गीत युट्युव भरी छरिएका छन् । धेरै गीतले स्रोता तथा दर्शकको माया बट्लेका छन् । यसपाली शर्माको पीर नभाको को छ र , चट्ट लोकल कुखुरा, लोभी दाइ लागएतका आधा दर्जन जति गीत चर्चामा छन् ।
आफ्ना गीतमा हाँस्य ब्यङ्ग्यलाई जोडदिने शर्माले ब्यक्तिगत पारिवारिक जीवनका र सामाजिक जीवनका जल्दाबल्दा बिषयबस्तुको उठान गर्ने गरेका छन् ।
चट्ट लोकल कुखुरा चट्ट लोकल खसी
काम गर्दिन बुढीले खाम भन्छे बसी बसी ।
तलपरो फेवाताल माथी रानीबन, मेरी जस्ता श्रीमती अरु कसका छन् ।।
यसपालीको तीजमा बैनी ल्याउला भन्नी थ्यो
मिठो मिठो दर पकाएर ख्वाउदा भन्नी थ्यो ।
बैनी पनि ल्याउन पाइएन दर पकाएर खान पाइएन
कोरोनाले रोक्यो झ्याप्पै…।।
उनका गीतमा कोरोना महामारीका कारण तीजमा परेको प्रभावलाई पनि उतारिएको छ । लोक गीत प्रेमीको मन मनमा बस्न सफल शर्मालाई तीज गीतमा रत्यौली मिसाएको भन्ने पनि आरोप लाग्दै आएको छ । यद्यपी उनका गीत परम्परा अनुसरण भन्दा पनि सामाजिक बृकृति र बिसंगतिको चिरफार गर्नमा केन्दित देखिन्छन् । गीतमा प्रयोग हुने भिडियो पनि मनोरञ्जन प्रदान गर्ने खालका हुने गर्दछन् ।
३. नदिया सल सल
लोक पारखीका लागी प्रत्यक बर्ष तीजमा खोजी हुने नाम हो बिष्णु माझी । तीजका गीत सामाजिक सञ्जालमा आउन थालेपछि बिष्णु माझिका गीतको खोजी सुरु हुने गर्दछ । बिरलै मात्रामा आउने र जे आउछ त्यो उत्कृष्ट हुने भएका कारण पनि बिष्णु माझिको गीत धरैलाइ चासोको बिषय बन्ने गर्दछ । त्यसो त लोक गीतको क्षेत्रमा महिला तर्फ बिष्णु माझि को स्वरको फ्यान हुनेहरुको पनि कमी छैन ।
यसपालीको तीज बिशेषका लागि बिष्णु माझिको नदिया सल सल युट्युवमा रहेको छ । शब्द संगित सुन्दरमणी अधिकारीको रहेको गीतमा बिष्ण् माझीको स्वर रहेको छ । पहिलो अडियो मात्र र पछि भिडियो सहितको गीत प्रकाशन भएका कारण पनि हुन सक्छ यो पाली यस गीतमा भ्यूज भने धेरै छैन । अडियो तर्फ झण्डै २ लाख र भिडियो सहितमा ५ लाख बढी भ्युज मात्र आएको छ । तराइ क्षेत्रको लवजलाई गीतमा उतार्ने प्रयास गरिएको छ । भाबुक बेदना सहितको गीतमा पनि नचाउन सक्ने खुबी उनका गीतले बोकेका हुन्छन् ।
छाँया नि छैन आमै बगेको पानीमा
आँफु त कहाँ जाँउला नि म ।।
नदिया सल सल सम्झना झलल…
बल पनि छैन बाबा फुल्यो होला कालो केश
बिरानो भयो माइतीको देश…।।
बिवाहित चेलीले माइतीमा फर्कन नपाएको र माइतीमा हुने गरेका परिवेशलाई गीतमा छचल्क्याउन खोजिएको छ । नृत्य गर्न मिल्ने खालको गीत रहेको छ ।
४ सोचे झै जीन्दगी रैनछ
टिकटकमा निकै चर्चा बटुल्न सफल यस गीतमा मधु क्षेत्री र खेम सेन्चुरीको स्वर रहेको छ । नेत्र अर्याल र खेम सेन्चुरीको शब्द रहेको गीतमा चर्चित मोडल अञ्जली अधिकारी लगाएतको अभिनय र नृत्य रहेको छ । तीजमा नृत्य गर्न मिल्ने खालको भएकोले पनि गीत धेरैको रोजाइमा परेको छ ।
लाउन मन थ्यो जापानिज सारी
टेवुलमा काइयो र ऐना छ
बस्नु पर्यो मन मारी मारी
सोचे झै जीन्दगी रैनछ ।।
एउटै थेगोलाइ ६ चोटी सम्म उच्चारण गरिएको छ । गीतको शब्दमा खासै ओज नभेटिए पनि स्वर संगित र नृत्यमा उत्कृष्ट रहेको छ । यसले युट्युवमा ४५ लख बढी भ्यूज पाएको छ ।
५. बिच्च बिच्चमा २
लोक गीत त्यसमा पनि तीज गीतको परम्परालाइ तोड्दै गायक दुर्गेश थापाको लगाएतले गाएकाे बिच्च बिच्चमा भन्ने गीतले गत बर्षको तीजबाट तीजको माहोल तताइ रहेको छ । सामान्यतया महिलाहरुले मात्र सुन्ने तीज गीतमा दुर्गेशको यो गीत आए पश्चात पुरुषहरुको पनि चासो बढेको देखेयो । झिनो शब्दलाइ गीतार लगाएतका बाध्यबाधनका साधनको प्रयोग गरि तीज गीतमा आधुनिकता हुलिएको छ ।
हेर बुढी म सँग दाम छैन
दाम न भा सी तीजमा कामछैन
एउटा फोटो खिच ।
माछो माछो भ्यागुतो युसपालीको तीज ।।
यो गीतलाइ तीजमा बिक्रिति भित्रिएको भनि धेरैले आलोचना गरे पनि युवा पुस्ताले भने यो गीत रुचाएको पाइन्छ । यस गीतले ८५ लाख बढी भ्युज युट्युवमा बट्ल्न सफल भएको छ ।
६. कस्ता दिन आए बरै
तीज गीतमा जति नै आधुनिकता भित्रियो भने पनि यसको परम्पराको जर्गेनामा योगदान दिनेको भने आजसम्म पनि कमी छैन । हरिदेबी कोइराला तीजगीतमा एउटा उचाइ अंगालेको नाम हो । लाली जोवन कालिले लयो सलल भन्ने बोलको गीत हरिदेबी कोइरालाले धेरै बर्ष पहिले गाएको तीज गीत हो तर केही समय अगाडी टिकटकमा युवा पुस्ताको रोजाइमा पर्न सफल भयो उक्त गीत । तीज चाडको बास्तविक मुल्य र मान्यता अंगालेका गीतको खडेरी भएको यस समयमा हरिदेबी कोइरालाको कस्ता दिन आए बरै भन्ने बोलको तीज गीत सार्वजनिक भएको छ । समयको परिर्वतन त्यसले सिङ्गो गीत संङ्गित र समाजमा पारेको प्रभावका वारेमा कोइरालाले यस गीतमा चर्चा गर्नु भएको छ ।
तीज आएनी तीहार आएनी जानु छैन माइती गाँउ
कस्तो भयो होला संङ्गी हाम्रो जन्म ठाँऊ ।।
पहिले जस्तो छ कि छैन हाम्रो पानी पधेँरो
उस्तै छ कि भत्क्यो होला बरको चौतारो ।।
बिवाह भएको लामो समय भइसकेपछि माइतिमा बाबुआमाको देहावसन पश्चात दाजुभाइ र माइतीसँग बिरानो भएको सम्वन्धलाई फर्काउने प्रयास गीतमा गरिएको छ । अर्कोतिर बिकासले गाम्रिण बस्ती शहर उन्मुख भएपछि र माइती शहरमा स्थानान्तरण भएपश्चात बिरानो बनेको त्यो माइती गाँउलाई चेलीहरुले सम्झने गरेको भाव पनि गीतमा झल्किएको छ ।
तीजको बास्तविक भाव, ओजिलो शब्द र सुमधुर स्वरमा सजिएका भएपनि यस्ता गीतले आजभोली सामाजिक सञ्जाल र चाडपर्वमा बिरलै स्थान पाउने गरेका छन् ।
७. पानपाते ठुली २
रविन लामिछाने र टिका सानुकाे स्वरमा रहेको यस गीतमा नवराज पन्तका ओजिला शब्दहरु रहेका छन् । डिभि परेर श्रीमान् बिदेश गएको लामो समय बितिसक्दा पनि सिन्दुरको भरमा श्रीमान् फर्केर आउने आशामा यौवन त्यसै खेरा गएको भाव गीतमा ब्यक्त गरिएको छ ।
घर फर्कन लाग्दा जंगलको बाटोमा कोही मान्छे भेटेपछि गितको प्रशङ्ग उठान हुन्छ ।
हेर दाइ लुम्लेमा पानी
पर्ख दाइ म पनि उहि जानी ।।
फाटेको चोली ति खाली खुट्टा पिरमा पो छौ नानी
म काली पारी बास बस्छु के रे कहाँ पुग्नी हौ नानी ।।
जीवनमा पुरा जीन्दगी साथ दिने मान्छे नभेटेकोले बाटोमा यात्रा गर्दा पनि पुरै बाटो साथ दिने भेटिन भन्ने खालको बेदना गीतमा पोखिएको छ । यस गीतको शब्द निकै ओजिला र मर्म स्पर्शि रहेका छन् ।
यि गीतहरु केही प्रतिनिधी गीतहरु मात्र हुन् । यि लगाएत थुप्रै नयाँ पुराना सर्जकहरुका उत्कृष्ट गीतहरु स्रोता दर्शक सामु आएका छन् । परम्परा अंगाल्ने नाममा समय सान्र्दभिकतालाई पच्छ्याउन नसक्नु र आधुनिक बनाउने नाममा सस्कृतिको जरो टुप्पै मास्ने कार्य दुबै हानिकारक छन् । नयाँ पुस्ताको इच्छा र चाहनलाई आत्मसाथ गरेर सँस्कृतिलाई ख्याल राख्न सकिएमा त्यसले नेपाली कला, संगित र सँस्कृतिको उत्थान र बिकासमा महत्पूर्ण भूमिका निभाउन सक्छ । चर्चा बटुल्ने नाममा सँस्कृतिमाथी भएका प्रहारलाई समाजले आवश्यक जवाफ दिन्छ नै ।
तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...
समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...
मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...
काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...
अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...
प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...
कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...
यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...
पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर, भाद्र १२, २०७६, पाेखरा । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...
Top 5 best smartphones under 20,000Rs in Early 2019

It’s the age of smart phones. As your daily drivers smartphones play a big...
Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...
Dawa Sherpa, A student of TU, to summit Everest

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...
हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...
विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...
सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...
आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...
विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...
पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...
रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...
पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु
हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...
आजको राशिफल
पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...
Cable car to run in Pokhara from this Baisakh
Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...
World Split, the crisis in Venezuela A war of Ideology

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...
स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...
भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु
हेरालो खबर २०७६ श्रावण १५ पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...
MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf