Tuesday 16th April 2024
लघु कथा – प्रेमिल दिनचर्या
कोरोनाको महमारिले विश्व नै अस्तब्यस्त भएको झण्डै ६/७ महिना पुगिसकेछ । ठिक त्यति नै भयो मेरो रोजगार का स्रोतहरु खोसियका पनि । भोक लागेको लागै छ ।आबस्यक चिज बजारबाट खरिद गरेको गरै छ । सेनिटाइजर र मास्क लगाएर एटिएम बाट पैसा झिक्दा झिक्दै बैंक अकाउन्ट् रित्तिन लागि सक्यो । झन झन कोरोना बढी भएको छ । तर यो डर त्रास को बिच मा मेरो दैनिक समाजिक संजाल को भित्तामा टासिनु र हेर्नुमा भ्याइनभ्याई छन । हाम्रो पात्रो को एप्स बाट रेडियो र समाचार पढ्दा पढ्दै हिजो आज मृत्यु मृत्यु लाग्न छाडिसकेको छ । राज्य सम्यन्त्र कम्जोर छ । दुई तिहाइको अहमकारी सरकार कामचोर छ । घरको बार्दाली र कोठि मा बस्दै stay home stay safe को परिपालना गरेको ज्ञानि पात्रको दैनिकी ले कोरोना को जस्तो रुप लिएको छ । अस्पताल मा भेन्टिलेटर र किट रिक्त भए झै मेरो मोबाइल को ब्याट्री टिक्न छाडिसकेको छ ।
मोबाइल को पर्दा भित्रको अनुहारी किताब ले साइन भ्याली को लोकप्रियता बतायो मलाइ एकदिन । तत्काल बस्न लाई भिसा अप्लाइ गरे । मन भतभती पोलेको थियो । भाग्यबस छोटो समयमै भिसा एप्रुभ भो । तर एकल बस्ने सर्त मा । सोचे यो मनले बिना मन को शरीर भन्दा कल्पनाको सन्सार नै प्यारो हुन्छ । अर्को मनले सोचो त्यो कतै छलकपट दुनिया त हैन ? फेरि कलम चलाए । ####सुनाखरी हिलोमा के फुल्न सक्थ्यो र ? खुसी का बाला यो खप्पर मा के झुल्न सक्थ्यो र ? फिर्ता लिउ यो आवेशको निणय ।। कालो बाद्ल को निलो आकास के खुल्न सक्थ्यो र ?? प्रतिउत्तर मा जबाफ आयो
* डालिमा फुल फुली सको झर्ने छैन प्रिय् …बाचा गर्छु भेट्ने नगरि मर्ने छैन प्रिय् ।। सिन्दुर पोते लगन गाथो नभयनी हामी बिच …सजिएको मनको तस्बिर सर्ने छैन प्रिय ।। साइन मुटु को हर धडकनमा सजाएर तिमिलाइ …राखेपछि झुट को खेती गर्ने छैन प्रिय् ।।।
यो जबाफ ले मेरो बसाइ शाइन भ्याली मा छ । सन्सार को सुरक्षित र आनन्दित ठाउ बनेको छ । जहाँ कोरोना को संभावना देख्दिन । यदि आत्मसम्मान र इज्जत मिलेन भने मेरो अस्तित्व समाप्ती हुनेछ भन्ने मेरो जिकिर मा जबाफ पाउछु ” कसैले मलाइ सोध्यो , जसले तिमिलाइ याद गर्दैन , तिमी किन याद गर्छाै उसलाई , मैले मुस्काराउदै जबाफ दिए , सम्बन्ध निभाउनेहरु टक्कर गर्दैनन्