Thursday 28th March 2024
कोरोना, कम्युनिष्ट र कांग्रेस
हेरालो खबर २०७७ भदौ ११, बिहीबार
वि.स. २०४६ पछिको कम्युनिष्ट र कांग्रेसको नेतृत्वका कारण विश्वका अधिकांश मुलुकहरूमा आर्थिक उपार्जन र रोजीरोटीको खोजीमा हाल सम्म करिब ४६ लाख युवाहरू आफ्नो परिवार, समाज,देश, धर्म, परम्परा साँस्कृतिलाई छोडेर आइसोलेट भएर क्वारेनटाइनमा रोजगारका लागि बस्न बाध्य छन् । जसरी हाल कोरोनाको सक्रमणबाट बच्न छुट्टै बस्नु परेको छ ।
नोबेल कोरोना भाइरस (कोभिड–१९)
अहिले महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रजातिको अस्तित्व पृथ्वीमा पहिले देखी नै रहेको देखिन्छ । यो भाइरसको महामारीको रूपमा सन् २०१९ को अन्त्यतिरबाट विश्व भरी फैलिएको हो । नयाँ खालको विशेषता भएको यो भाइरसको नामकरण ल्याटिन भाषाको coronaअङ्ग्रेजी भाषाको crown भन्ने शब्द बाट राखिएको हो जसको अर्थ नेपालीमा श्रीपेचको आकार भन्ने हुन्छ । यो भाइरसलाई शक्तिशाली माईक्रोईस्कोप बाट हेर्दा बाहिरी सतह एक प्रकारको प्रोटिनले बनेको र श्रीपेचको आकार देखिने हुनाले यस प्रकारका सबै भाइरसलाई वैज्ञानिकहरूले “कोरोना भाइरस” नाम दिएका हुन । यो भाइरस ईशापुर्व ८,००० वर्ष अगाडी उत्पत्ति भएको तथा कोही वैज्ञानिकहरूले ५५० लाख वर्ष अगाडि उत्पत्ति भएको ठान्दा छन् । यसरी कोरोना भाइरसले यो पृथ्वीमा लामो समय देखी आफ्नो जीवन चक्र सुरुवात गरेको देखिन्छ ।
यति लामो इतिहास बोकेको कोरोना भाइरसहरूको विभिन्न जातिहरू छन् । वैज्ञानिकका अनुसार यी मध्य मान्छेमा रोग लगाउने यी पाँच थरीहरू ओसीयू ४३, एचकेयू १, सार्स, मेर्स र कोभिड–१९ हुन । मानिसहरूमा डरलाग्दो गतिले फैलिएको हिसाबमा माथिका कोरोना भाइरसहरू मध्ये सार्स, मेर्स र कोभिड–१९ प्रमुख छन् । चीनबाट सन् २००२ देखी २००४ सम्म सार्स (SARS-CoV-2) र साउदी अरबबाट मेर्स (MERS-CoV-12) को सङ्क्रमण सन् २०१२ देखी सन् २०१८ सम्म फैलिएको थियो । त्यसै गरी सन् २०१९ को अन्त्यतिर महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (COVID-19) चीनको वुहान सहरको हुवेइ प्रान्तमा रहेको मासु बजारबाट सक्रमणको रुपम फैलिएको भनिएको छ ।
यी तिनै भाइरसहरू जनावरबाट मानिसमा सरेको अनुमान गरिएको छ, जसमा सार्स र मेर्स भाइरसहरू क्रमशः उँट र जङ्गली बिरालोबाट मानिसमा सरेको प्रमाणित भइसकेको छ भने हाल सङ्क्रमण भइरहेको कोभिड–१९ चमेरो बाट मानिसमा सरेको अनुमान गरिएको छ । यति लामो समय देखि यो धर्तीमा जीवित कोरोना भाइरसले किन २१ औँ शताब्दीको सुरुवात तिरबाट मानिसमा सङ्क्रमण फैलायो, सुरुवातमा फैलिएको सार्स र मेर्सबाट त्यति धेरै क्षति नभए पनि कोभिड–१९को सङ्क्रमण बाट किन यति धरै मानवीय क्षति भइरहेको छ ?के मानिसले प्रकृतिको उपहार जनावहरुको चरम उपभोग र मानवीय क्रियाकलापले प्रकृति र वातावरणमा गरेको चरम दोहनबाट यो सङ्क्रमण फैलिन सहयोग पुगेको हुनसक्छ भन्ने कुराको पनि अनुसन्धान होला ?
कम्युनिष्ट र कांग्रेस
यसरी सबै खाले महामारी र सङ्कटहरूले विश्व राजनीति, त्यसको नेतृत्व, देश भित्रको जिम्मेवार पक्ष र आम मानिसहरूमा प्रभाव परेको हुन्छ. ।त्यसैले नेपालको परिप्रेक्षकमा विगत सात दशक देखी नेपालमा सत्ता सञ्चालनमा प्रत्यक्ष परोक्ष रूपमा आफ्नो भूमिका निभाइ रहेका ठुलादलहरु हाल एउटा सत्तापक्ष र अर्को प्रतिपक्षको भूमिकामा रहेका बेला कम्युनिस्ट र कांग्रेस पार्टीको भूमिका विगत र हालको सम्बन्धलाई कोरोना महामारी सँगै चर्चा गर्न मन लाग्यो किन भने दलका नेहरुलाई देश र जनताको अवस्था सँग कहिले चासो रहेन चासो रहयोत केवल व्यक्तिगत स्वार्थ कुर्सी, पद, पावर र पैसा, त्यैले यो पंत्तिकारलाइ कोरोना भन्दा पनि खतरनाक यी दलका अधिकांश मान्छेहरू हून भन्ने लागेको हो । यी दुवै राजनीतिक दलहरूको स्थापना त्यति बेलाको जानिया निरङ्कुश राणा शासनको अन्त्य र बहुदलीय प्रजातन्त्रको व्यवस्थाको स्थापनाको लागि भएको भन्ने कुरा प्रस्तावमा पाउन सकिन्छ ।
नेपाली कांग्रेसपार्टीको स्थापना वि.स.२००३ सालमा जननेता बि.पी कोइरालाको सक्रियतामा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भई वि.सं. २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेसबिच एकीकरण भएर स्थापना भएको हो । त्यसै गरी वि.स. २००६ सालमा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको को सक्रियतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । स्थापनाकाल देखिनै यी पार्टीले सामन्तवाद र साम्राज्यवादी शोषण र उत्पीडनको अन्त्यको मुद्दा उठाएको भए पनि अन्तिम गन्तव्य समाजवाद नै रहेको देखिन्छ । यी दुवै पार्टीहरूको श्रमजीवी जनता, गरिब, किसानहरूको हकहित र उनीहरूलाई मूल प्रवाहमा ल्याउने उद्देश्य रहेको तथा राष्ट्रियता, समतामूलक समाज, समाकुलता न्याय प्रणाली, वैदेशिक हस्तक्षेपको विरोध जस्ता कुराहरू प्राय सबै घोषणा पत्रहरूमा पढ्न पाइन्छ । खास गरी २०४६ सालको संवैधानिक राजतन्त्र पछिको बहुदलीय प्रजातन्त्रको व्यवस्था पश्चात् संस्थापक नेताहरू नेतृत्वको मूलधारबाट बाहिरिए पछि दुवै पार्टीमा फरक खालको सङ्क्रमण देखिन्छ । वि.स. २०५२ साल पछि सशस्त्र जनआन्दोलनमा उत्रिएको कम्युनिस्ट पार्टीको अर्को धार नेकपा माओवादीले पनि समाजवादलाई जोडदिदै संवैधानिक राजतन्त्रको अन्त्य, संविधान पुनः लेखनको माग राख्दै गरेको आन्दोलन बाट ठुलो धन जनको क्षति भया र केही उपलब्धिहरू हासिल गरेको इतिहास साँची रहेको छ ।
खास गरी यी दलहरूको स्थापन देखी नै सम्पूर्ण महत्त्वपूर्ण बैठकहरू, नेताहरूको बसोबासका लागि भारत प्रयोग भएको देखिन्छ । त्यसैले यी सबै पाटीहरू प्रत्यक्ष र परोक्ष रूपमा भारतकै पक्ष पोषण गरेको देखिन्छ । पछिल्लो समयमा मुख्यरुपमा यी दुवै दलहरूको सहकार्यमा संवैधानिक राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघिय गणतन्त्रमा प्रवेश गराए पछि वि.स. २०७५ साल ज्येष्ठ ३ गते तत कालिन नेकपा एमाले र माओवादी पार्टीको एकिकरण पश्चात् नेपाल कम्युनिस्ट पार्टी गठन भए पनि प्रस्तावनामा “देशमा समृद्धि र सुशासनको नयाँ युगको सुरु भयो भनियो । यो एकीकरणको प्रमुख उद्देश्य देशलाई समाजवाद र आर्थिक समृद्धि तर्फ लैजानु हो जहा सामाजिक न्याय साथमा रहनेछ ।” जहा यी दुवै पार्टीहरूको लिखित साझा उद्देश्य समाजवाद नै देखिन्छ । सामान्य तय समाजवादले के भन्छ भने “समाजवाद त्यस्तो व्यवस्था वा नीति तथा सिद्धान्त हो जसको उद्देश्य समाजमा रहेको सबै खाले स्रोत र साधनको समुचित वितरण हुन्छ र सबै खाले सम्पत्तिमा समाजका सबै मानिसहरूको समान अधिकार हुन्छ । र यो पुँजीवादी व्यवस्था जहा सम्पत्तिका सीमित मालिकहरू र बाँकी श्रमिकहरू हुन्छन् र तिनीहरू बिच सम्पत्ति र शक्तिमा ठुलो भिन्नता हुन्छ भन्ने कुराको पूर्ण विरोध गर्छ ।” तर व्यवहारमा हेर्दा यी दुवै पार्टी हो शीर्ष नेतृत्व देखी सामान्य कार्यकर्ता सम्म अपवाद बाहेक समाजवादलाई सम्पूर्ण समाजलाई वाद गर्दै पुँजीवादलाई अँगालो हालेर अरबाँै सम्पत्ति कुम्ल्याएर भौतिक सुख सुविधामा मस्त देखिन्छ । देशमा व्याप्त गरिबी, पुँजीवादी नोकर शाही तन्त्र, निरङकुस साम्राज्यववाद, वैदेशिक हस्तक्षेप, अन्याय , अत्याचार, भोक, शोक, रोग, अशिक्षा, बेरोजगार ज्युकातिउ छन् यसको रूप मात्र फेरिएको हो । यसरी हेर्दा कोरोनाको सक्रमणले भन्दा यी दलहरूको सङ्क्रमण बाट देश बढी आक्रान्त छ भन्ने कुरा देखिन्छ नि उस्तै हुन भन्ने पत्तिकारको बुझाइ हो ।
कोरोना, कम्युनिष्ट र कांग्रेस बीचको अन्तर सम्बन्ध
१. कम्युनिष्ट र कांग्रेस पाटीको स्थापना काल देखी हाल सम्म मुख्य क्रियाकलाप र उद्गम भारत हो भने कोभिड–१९ भाइरस चीन बाट आयातित वा सक्रमण फैलियको हुनाले नेपालको लागि यी तिनै आयातित हुन त्यसैले नेपालको हित गर्दैनन् ।
२. स्थापन कालदेखि हाल सम्म यी दुबै दलहरुल विभिन्न बहानामा धनजनको क्षति पु¥याउने काम मात्र गरिरहेका छन भने कोरोनाले पनि बन्दाबन्दी निम्त्यायर आर्थिक र मानविय क्षति पु¥याई रहेको छ ।
३. यी दुबै पार्टीहरुमा स्थापनाकालका नेतृत्वहरुले जस्तो वी.पि. कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी हरुबाट देश र जनताहरुमा केही परिवर्तनको विजारोपण गरे देशमा खासै क्षति भएन ।
४. पछिल्लो समयको नेतृत्यवबाट अर्थात २०४६ साल पश्चातको समयबाट भ्रष्टचार, व्यथिति, अपराधको संरक्षण, कालोबजारी, भुमाफियाहरुलाई संरक्षण जस्तो सुडान घोटला, लाउडा प्रकरण, अफ्ताव आलाम काण्ड, चुडामणि शर्मा करछलि प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण, लोकमान प्रकरण, वाईड बडी, न्यारो बडी प्रकरण, नेपाली नेताको नाममा स्वीस बैंकमा जम्मा भएको पैसा, विभिन्न सुनकाण्ड, क्यानटोनमेन्ट घोटला, अख्तियार आयुक्तद्धारा घोटला, विभिन्न न्याधिसहरुको घुष प्रकरण, ठुला कर्मचारीहरुको घुस प्रकरण ढाकछोप, फोर जी र अप्टिकल फाइबर काण्ड, गोकुल बाष्कोटा घुस काण्ड, रवि लामिछाने काण्ड, ज्ञानेन्द्र साही काण्ड, डा. गोविन्द के.सी.आमरण अन्सनको मागको वेवास्था, मेडीकल माफिया काण्ड, यति र ओमनी समुहहरुको ठगी प्रकरण, एनसेल कर छली, साझा पुस्तक पबलिकेसन प्रकरण, पुर्वराजाको सम्पति फिर्ता प्रकरण, महत्वपुर्ण पदहरुमा आफन्तको भर्ती, अनावश्यक सुविधा र अत्यधिक प्रशासनिक खर्च, भुकम्पको विपदमा पेरेका जनताको नामको राहतको घोटला, विभिन्न स्वतन्त्र निकायमा कार्यकर्ता भर्ती, स्थानिय तह देखी केन्द्र सम्म भ्रष्टचारको अखडा, ठुला–ठुला ठेक्का पट्टामा कमिसन, मेलम्चि घोटला, निर्मला हत्यकाण्ड, फुजेल हत्यकाण्ड, कुमार पौडेल हत्यकाण्ड, सभामुख प्रकरण, बालुवाटार जग्गा प्रकरण, अध्याद्देश र अपहरण यी र यस्तै अपराध र लुटको विरोध गर्ने अभियान्दाहरु माथि ज्यानमार्ने, जेल हाल्ने सम्मको अपराध गर्ने हालको नेतृत्वले त्यगी नेताहरुको अस्तित्व बेचि खाय र देश र जनतालाई ठुलो महामारीको खाडलमा हाल्ने काम पछिल्लो नेतृत्वले गर्दै छ । कोरोना जातिका अन्य भाइरसहरु सार्स, मेर्स ले त्यति क्षति नगरे पनि हालको कोभिड–१९ ले पनि शरुको अवस्थमा कम क्षति पु¥य पनि पछिल्लो समयमा ठुलो मानविय क्षति गरी रहेको छ ।
५.यी दुइृ दलको नेतृत्वरहेको कालखण्डमा वि.सं २०४६ साल पछी तत्कालिन समयमा संचालनमा रहेको सरकारी विभिन्न उद्योग कलकारखानाहरु जस्तो जुटमिल, चिनीमिलहरु, कपडा उद्योग, टायर कारखाना, इटाटायल कारखाना, चुरोट कारखाना आदीलाई निजिकरण गर्नाले ति सबै समाप्त भए पछि देशमा रोजगारको अवसर सुन्य हुन पुग्यो जस्ले गर्दा वि.स. २०४६ पछिको कम्युनिष्ट र काङग्रेसको नेतृत्वका कारण विश्वका अधिकान्स मुलुकहरुमा आर्थिक उपार्जन र रोजिरोटीको खोजी मा हाल सम्म करिब ४६ लाख युवाहरु आफ्नो परिवार, समाज,देश, धर्म, परम्परा सस्कृति छोडेर आइसोलेट भएर क्वारेन्टाइनमा रोजगारकालागि बस्न बाध्यछन, जसरी हाल कोरोनाको सक्रमणबाट बच्न छुट्टै बस्नुपरेको छ । ति देशहरुमा १२ देखी १८ घण्टा सम्म काम गरेर आफ्नो परिवार, आफन्त, समाज, धर्म, संस्कृतिबाट विमुख भएर बस्नु परेको छ भने हाल कोभिड–१९ भाइरसका कारण ज्यान गुमाउने, रोजगार गुमाउने र आपतमा पर्नेको संख्या धेरै छ ।
नोबेल कोरोना (कोभिड–१९) भाइरस बाट बच्न मानिसहरु बन्दी भएर आइस्वलेसन र क्वरेन्टाइनमा बसेका छन त्यसै गरी २०४६ पश्चात देखीनै लाखै युवाहरु आर्थिक अभावबाट बच्न आइसोलेसन, क्वारेनटीन र आइ.सि. यु. मा विदेसी भुमिमा बस्न बाध्य छन ।
६.जसरी यी दुबै दलहरुको नेतृत्व पंतिमा ६० बर्ष नागिसकेका रिटायर व्यक्तिहरु छन तीनै बाट देश संचालन भइरहेको छ , ६५ बर्ष पार गरीसकेका बृद्ध, रोगीहरुबाट देश संचालन हुदा देश समृद्धितिर होइन अधोगति तिर गैरहेको छ । २०४६ साल पश्चात देशको नेतृत्वलाई हेर्ने हो भने जसरी एउटा गाभिन हुन खोजेको कोरली गाई लाई बुढो गोरुले ओगटेर राखेको हुन्छ, त्यसै गरी प्राकृतिक रुपमा स्रोत साधन सम्पन्न नेपाल देशलाई बृद्ध, रोगी नेतृत्वबाट बन्दी बनायर राखेको अनुभुति हुन्छ । त्यस्ता नेतृत्वलााई पाटी बाट हटाउन जरुरी भए जस्तै कोभिड–१९ भाइरसले पनि यस्तै बृद्ध र कम्जोर स्वास्थ्य अवस्था भएकालाई बढी सक्रमित गरीरहेको देखिन्छ ।
७. कम्युनिष्ट र कांग्रेस दुबै पाटीले श्रमजीवि जनता र किसानको मुद्धा स्थापनाकाल देखि उठाए पनि स्थापना काल देखीनै तिनै मानिसहरु शोषित र पिडीत भए विडम्बना कोभिड–१९ भाइरसका कारण भएको भन्दाबन्दीमा आज पनि तिनै मानिसहरुले एक महिनाको सम्म खाद्यान्न शहरमा आफै जोह गर्न सकेनन् र बन्दाबन्दीको दिनबाटै भोकभरी सुरु भएपछि १० सौं दिन पैदल यात्रा हिडेर भोकै प्यासै आफ्नो गाउ जान बाध्य हुन प¥यो ।
८. कम्युनिष्ट र कांग्रेस दुबै पाटीले विदेश बाट आउने रेमिटान्सबाट चलेको देशको आन्तरीक वास्तविकता कहिले बुझन सकेनन् समृद्धि भनेको विदेशबाट पैसा भित्रयायर जनताले उपभोग गर्ने सबै खाले वस्तु तथा सेवाहरु पनि विदेशबाटै भित्रयायउनु , केहि ठुला सडक, भवन, विमान स्थलहरु निमार्ण गरेर, रेल, पाइप लाइनमा ग्यास, हावाबाट विजुली, पानि जहाजको सपना देखाएर देशलाई समृद्धि घोषणा गर्ने तिर लागेको देखिन्छ । तर कोभिड–१९ भाइरसले यस्तो खालको समृद्धिलाई पुर्ण रुपले चुनौति दिएको छ । समृद्धि भनेको नेपाल देश पुर्णरुपमा आत्मा निर्भर हुनु हो नेपाली जनताले अपभोग गर्ने हरेक उत्पादन जस्तो खाद्यान, तरकारी, फलफुल, माछामासु, लताकपडा, शिक्षा, स्वास्थ्य, कृषि औजार, मल, विउ, आदी र यदी यो देशलाई चाहिन्छ भने सियो देखी जहाज सम्म यही देशमा उत्पादन हुनु पर्छ । नेपाली जनताले उपभोग गरीरहेका हरेक वस्तु तथा सेवाहरुको लिष्ट बनायर त्यसको परिमाण, उत्पादन हुन सक्ने सम्भाव्यताको अध्यायन सुरु गर्न र उत्पादन असम्भव भएका वस्तु तथा सेवाको विकल्प खोज्न कोभिड –१९ भाइरसको कारण भएको अन्तराष्ट्रिय स्थरको बन्दाबन्दी बाट सिक्नु पर्छ र सिकाएको छ ।
९.कम्युनिष्ट र कांग्रेस दुबै पाटीले आफ्नो प्रस्तावना, विधान, घोषणा पत्रमा लेखेका कुरा बाहेक एक दुइ अपबाद बाहेक यो नेपाल राष्ट्रको साच्चै हित सोच्ने नेतृत्व छदैछैन । राजनीतिक नेतृत्व विलकुल व्यक्तिवाद, परिवार, आफन्त, गुट, उपगुट, पाटी भन्दा माथि उठेर राष्ट्र, राष्ट्रियता, देश र जनता को बारे सोचेको कतै देखिएन । राजनीति पद, पैसा, पावरको लागि मात्र गरेको देखिन्छ अधिकांसमा कुनै पनि पद प्राप्तिका लागि जस्तो सुकै अपराधिक क्रियाकलाप गर्न तयार हुन्छन । एउटा नेतालाई राष्ट्रपति, प्रधानन्त्री, मन्त्री बन्न पाए भयोे त्यसको लागि चाहिने योग्यता, क्षमता, अनुभव भन्ने कुराले कहिले अर्थ राख्दैन, त्यो पद प्राप्त गरे पछि कसरी काम गर्ने रणनीतिक योजना, स्रोत साधनको अवस्था, विगतका कमि कम्जोरी भविश्यमा कहा सम्म जान सकिन्छ त्यसको प्रवाह कहिले भएन, जसरी यो कोभिड–१९ भाइरसले धनी, गरीब, शासक, जनता, जात, धर्म, डाक्टर, नर्स केही नभनि अन्दाधुन्द संक्रमण फैलाई रहेको छ त्यसै गरी कम्युनिष्ट र काङगे्रस दुबै पाटीले यो देशमा अन्दाधुन्द शासन गरीरहेका छन ।
१०. नेपालमा जन्मलिने कुनै पनि नागरिक जन्मजात व्रामण, क्षेत्रि, वैश्य या सुद्र हुनै पर्छ त्यसै गरी यो देशमा जीवन बाच्नका लागि कम्युनिष्ट र काङगे्रस वा अन्य कुनै पाटीको कम्तिमा ३ पुस्ते सदस्यता लिनै पर्छ अन्यथा स्वतन्त्र नागरीक भएर स्वतन्त्र प्रतिस्पर्दा बाट कुनै पनि कुरा प्राप्त गर्न सकिदैन जबकी कोभिड–१९ भाइरसको कारण भोकभरीमा परेको आम जनताले राहत लिन समेत पाटी कार्य कता हुनै पर्छ । जसरी कोभिड–१९ भाइरसबाट बच्ने अन्तिम उपाए एन्टि कोभिड–१९ भ्याक्सिन हो । त्यस्तै यो देशको कुनै पनि अपराध, हत्य, हिसां, कालोबजारी, माफीया तन्त्र, भ्रष्टचारबाट बचाउने एकमात्र अस्त्र राजनीतिक पाटीको छत्रछाया या भनौ पाटी सदस्य भएर सक्रिय कार्यकर्ता हुनु हो ।
अन्तम:
निकर्षमा के भन्न सकिन्छ भने यसरी कम्युनिष्ट र कांग्रेस लाई कोरोनासंग तुलना गर्दै गर्दा हाल नेपालमा रहेका अन्य दलहरु राम्रा छन भन्ने पक्कै होइन बाकँी सबै उस्तै हुन अपवाद बाहेक सबैको चरित्र उस्तै छ, जब सम्म राजनीति जननीतिमा परिबर्तन हुदैन, पेशा, व्यवसाय बाट सेवामा रुपान्तरित गर्न सकिैन तव सम्म अवस्था यस्तै रहने छ । विगत र विधमान राजनीतिबाट र कोभिड १९ भाइरसको महामारी बाट आमा मानिसले खासगरी यूवा पुसताले धेरै कुरा सिकेका छन सिक्नु पर्छ र भविष्यलाई सुन्दर बनाउन ढिला गर्न हुदैन ।
कोभिड–१९ को सक्रमणबाट बच्न शारिरीक तथा भौतिक दुरी कायमा गर्दै विश्वमा एन्टि कोभिड–१९ भ्याक्सिन या औषधि आविस्कार गर्न जसरी जरुरी छ । त्यसै गरी नेपालको उज्वल भविश्यका लागि कुनै पनि पाटी, अभियान्ता, स्वतन्त्र व्यक्ति, पत्रकार जगत सबै एक जुट भएर यो देशको राज्य संचालनमा चासो राख्ने खासगरी युवाहरुले गलत बाटो हिडी रहेको राजनीतिक नेतृत्वलाई सही बाटोमा डो¥याउन एन्टि राजनीतिक भ्याक्सिन निमार्ण गर्नु पर्छ । जसले आवश्यक परे अहीलेको शासन सक्ताको प्रणालि, संविधान परिर्वतन गर्दै मिती पुगेका सबै नेतृत्वलाई एन्टि राजनीतिक भ्याक्सिन लगाएर नेतृत्व बाट पाखा लगाउन सकोस् । अन्यथा देश कोरोना मुत्त होला तर यस्तै नेतृत्वबाट समृद्ध नेपाल सुखी नेपालीको कल्पना गर्नु दिवा सपना मात्र हुने छ, ।
लेखक ः कल्याण कुमार, लालबन्दी, सर्लाही, मानवशास्त्र , एम. फिल. त्रिभुवन विश्वविध्यालय, अध्यायनरत