Flash News

२४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि ।

By

September 09, 2020

हेरालाे खबर , भदाै २४ पाेखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ९१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।

हाल क्वारेन्टिनमा ५ हजार ४ सय ८० जना रहेका छन् ।