Saturday 31st October 2020

“महारानी” पढ्दाको अनुभुति

October 7, 2020 8:20 pm, हेरालाे खबर

शान्ताराम लामिछाने, पाेखरा ।
मदन पुरस्कार प्राप्त कृतिको समिक्षा आमपाठकमध्येको मैले गरेँ भनेर सोच्नु अतिशयोक्ति हुन जाला । तर चन्द्रप्रकाश बानियाँको महारानी पढ्दैगर्दा उब्जेका भावनालाई मनभित्र मात्र कैद गर्न मन नमानेकोले पोखिन खोजेको छु ।


बिगत केहि वर्षदेखि मदन पुरुस्कार प्राप्त कृति पढ्ने लत बसेको थियो । तर केहि वर्ष यता आएर लत पनि व्यग्रतामा रुपान्तरित हुन थाल्यो । उक्त व्यग्रताले यस वर्षपनि निरन्तरता पायो । आफ्नै विद्यालयमा अध्यापनरत गुरुङ साहित्यकी साधिका सहित २०७६ को मदन पुरुस्कारप्राप्त कृति महारानीको खोजीमा पोखरास्थित रिडर्स कर्नरमा सम्पर्क गर्दा पुस्तक अभाव भएको जानकारी प्राप्त भयो । सो जानकारीले व्यग्रतालाई वृद्धि ग¥यो । भाग्यवशः केहिदिन पछि नै पुस्तक हात प¥यो ।


आजसम्म साहित्यकारको रुपमा चर्चित नभइसक्नुभएका भएपनि आफ्नो जानकारीमा नआउनुभएका मोफसलका लेखकको कृति भएकोले अध्ययन सन्तुष्टिको ठूलो अपेक्षा नलिइकन पढ्न शुरु गरियो । लेखकको भुमिका पढ्दासम्म पनि खासै उत्साह सृजना भइसकेको थिएन । तर कता कता पुस्तकको अन्तिम पृष्ठमा उधृत गएिका वाक्यहरुले रोमाञ्चित बनाउन शुरु गरिसकेका थिए “हेर्दा चौपट्टै राम्रो, टिपेर टाउकोमा सिउरिन भने नसकिन्या विशाल तलाउको मध्येमा फुल्याको कमल जस्ते मकन ठानिसेला । टिप्न नसकिए पनि पोखरीको बीचमा फुल्याको फूल मेरो हो भनिसेला”


पुस्तक पढ्दै जाँदा उत्साह बढ्दै गयो । एकै बसाइमा पसूतक पढिसकियो भनेर त नभनौँ तर पढिरहँदा अन्य काम नआइदिए हुन्थ्यो, खाना पनि छिटो खान नपरे हुन्थ्यो भन्ने अवस्था भने अवश्य सृजना भयो । पुस्तक पढ्ने बानी भएपनि पढ्दा मनमा उब्जेका भावनाहरुलाई अभिव्यक्त गर्ने बानी थिएन । तर यो पुस्तक पढ्दा भने कता कता पोखुँ कि झैँ लाग्न थालेको समयमा विद्यालयमा भर्खर अध्यापन शुरु गर्नुभएका पत्रकार मित्रले उतप्ररित गर्नुभयो ।


ठुलो अपेक्षा बिना पढ्न शुरु गरेको पुस्तक जति पाना पल्टिँदै जान्छन् । उति पढ्ने गतिलाई बढाइरहे भन्ने लाग्दै गयो कथाले यस्तो गति लियो यसरी मनलाई आकर्षण ग¥यो । लेखक प्रति असिम श्रद्धा जाग्दै गयो।


दृष्यमा मलेवम र विश्वप्रभाको प्रेमकथाको रुपमा अघि बढेको कथानक अन्त्यमा आजभन्दा तीन शताब्दीको अगाडिको पर्वतराज्य, त्यसमा पनि हाल म्याग्दी,बाग्लुङ,पर्वत वरपरको सामाजिक राजनैतिक अवस्था उजागर गर्न अत्यन्त सफल भएको अनुभुति भयो। कथाका सबै पात्र त्यतिखेरको समाजलाई अभिव्यक्त गर्न अत्यन्त सफल भए । कथाकी मूल पात्र विश्वप्रभालाई लेखकले यसरी उभ्याउन सफल हुनुभएको छ कि विश्वप्रभालाई महारानीको रुपमा पूजा गर्ने लालसा सबैमा जागृत हुन्छ । त्यसले त अरु पात्र महारानी गलवदन महाराज घनश्याम, युवराज मलेवम, पनि अत्यन्तै सजीव पात्र भएर देखापरेका छन् ।


राजकुमार भद्रीवमलाई नकरात्मक पात्रको रुपमा नदेखाउन भन्दा भन्दै पनि उनमा खलनायकी पन देखापरेको छ । यति मीठो गरी उजागर भएको खलनायकी पन अन्त कतैदेख्न पाइएकै थिएन । उनका मनमा भाउजू प्रति आमाको सम्मान प्रकट हुँदा हुँदै कमल जैसी र डिल्ली भूजेलको उक्साहटमा लागेर विवाहसम्मै पुग्नु कता कता बिझाउन पुगेको छ । बरु सुमनत बानियाँलाई लेखकले जसर िअगाडि बढाउन खेज्नुभउको थियो । त्यसलाई हेर्दा जोसुकै पाठकले पनि सुमनत पात्रमा नायकीको अपेक्षा गर्छ होला तर पछाडि गएर उनको भुमिका माथि अन्याय भएको हो कि भन्ने भान हुन्छ । पछि नायक नबनाउने सुमन्तबाट महारानीलाई किन द्रवभिुत बनाउनु भएको होला पृष्ठ १५ मा ।


कृतिमा बाइसे, चौबिसे राज्यका राज्यविस्तार(साम्राज्य विस्तार) का क्रममा हुने घात, प्रतिघात र तिगडमलाई पनि राम्रोसँग उजागर गरिएको छ । शाही बम वंश कसरी मल्ल वंशमा रुपान्तरित भयो भन्ने मात्र हैन सौरभ, आहुति लगायतका संस्कृतिका अध्येताहरुले शंका गरे झैँ नेपालमा को मङ्गोल को आर्य छुट्याउन सकिँदैन भन्ने तर्कलाई पुष्टि गर्न खोएिको छ । अथवा मतवाली खसहरु कसरी तागाधारीमा रुपान्तरित भए भनेर पनि उपन्यासमा धmल्काउन खोजिउको छ ।
उपन्यास अध्ययन गरिरहँदा अ‍ेखकको सामाजिक प्रगतिवाद अधm भनौँ सामाजिक अन्धविश्वासको प्रतिवाद प्रष्ट देखिनछ । कथाका सकारात्मक पात्रमार्फत वहाँले तत्कालिन समाजमा व्याप्त अन्धविश्वासको प्रतिवाद गर्नुभएको छ । हल्का बुझ्ने पाठकले पुस्तकलाई धार्मिक पुस्तक रहेछ भन्न पनि सक्छ ।तर गहिरो गर िबुझ्दा त्यतिखेरको समाजलाई महाभारत लगायतका धार्मिक ग्रन्थीको उद्दरण लिई त्यसरी नै अगाडि बढाउनु जायज देखिनछ ।


लेखकले भुमिकामा तत्कालिन समाजको जनबोलीलाई लिनुपर्दा पर्दा पाठकलाई असुविधा पर्छ कि भनी आशंका व्यक्त गर्नुभएको छ । तर मलाई त जनबोलीको अभावको महशुस भएको छ । ताकमका थापाहरु मगर नै होलान । कालुथापा, डिल्लाी भुजेलहरुबाट मगर जिब्रो उच्चारण गराइएको छैन । कमल जैसीको मुखबाट जुम्ली भाषा पस्किइएको छैन । त्यसो गर्न पाएको भए अझ सजीवता थपिन्थ्यो कि । सरल शब्दले विशेष परिवेश गर्न सक्नु साहित्यकारको महानता लाग्छ । ऐतिहासिक बाध्यताले यस उपन्यासमा केहि ओजिला शब्दहरु परेपनि क्लिष्टताले कतै बिझाएको छैन ।


समग्रमा जसरी मदनमणी दीक्षितको माधवीले पाठकलाई द्वापरयुगको शुरुमा पु¥याउँछ , योगेश राजको रणहारले मल्लकालको भक्तपुर पु¥याउँछ , अमर न्यौपानेको सेतो धरतीले एक शताब्दी अगाडिको कास्की पु¥याउँछ । त्यसैगरी चन्द्रप्रकाशको महारानीले सत्रौँ शताब्दीको मलेवम प्रदेश (म्याग्दी, पर्वत,बाग्लुङ) मा पाठकलाई विचरण गराउन सफल भएको छ । विद्यमान परिवेश नहुँदो हो त ढोलठाना कुदिहालौँ भन्ने भाव उत्पन्न गराउँछ । सलाम छ उपन्यासकार चन्द्रप्रकाश बानियाँलाई ।

लेखक पाेखराकाे उत्कृष्ट शैक्षिक संस्था नवप्रभात मा.बिकाे स्थायी शिक्षक हुनुहुन्छ ।


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Srijana Lamichhane. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar, 6...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

प्रसिद्ध पर्यटकिया स्थल उत्तरीधादिङको तातोपानीमा देखिएका १० तस्विरहरु हेरौँ

वेद बहादुर गुरुङ (विवेक) / सेतेमान तामाङ २०७६ जेठ १६, विहिबार धादिङ, धादिङ को...

बामदेव गाैतमलाई खुल्ला पत्र

आदरणीय वामदेव कमरेड ! तपाईंले कास्कीबाट चुनाव नलड्ने घोषणा गरेको सुनेर अत्यन्तै खुशी भएँ।...

मध्यविन्दु -२ कोल्हुवाका युवा हराएको सुचना ! कृपया सहयोग गरिदिनु होला

हेरालो खबर नवलपुर २६ असार नवलपुरको मध्यविन्दु नगरपालिका -२ कोल्हुवामा बस्दै आउनु भएका विष्णुप्रसाद...

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal