Tuesday 19th March 2024
मध्यविन्दु एफएम नवलपुरका कार्यक्रम प्रस्ताेता वस्यालकाे निधन ।
हेरालाे खबर , कार्तिक १४ नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासाेतिमा रहेकाे मध्यबिन्दु एफएम १०१ मेगाहर्जका कार्यक्रम प्रस्ताेता राधा वस्यालकाे शुक्रवार निधन भएकाे छ ।
क्यान्सर राेगकाे उपचार गराउदै अाउनु भएकि वस्यालकाे २८ बर्षकाे उमेरमा निधन भएकाे हाे । बी.सं. २०४८ साल फागुन ९ गते जन्मनु भएकि वस्याल विगत १० बर्ष देखि मध्यविन्दु एफएममा कार्यरत रहनु भएकाे थियाे । विगत ३ बर्ष अघि क्यान्सर राेग देखिए पछि उपचार गरि सामान्य जीवन जिउन थाल्नु भएकाे थियाे ।
क्यान्सर राेगका वारेमा समुदायमा सचेतना अभियान समेत चलाउदै अाउनु भएकि राधा वस्यालले पछिल्लाे समयमा अाफ्नै पहलमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै अाउनु भएकाे थियाे ।
मध्यविन्दु एफएममा कार्यक्रम प्रस्ताेता, रिपाेटर, समाचार वाचक लगाएतका पदमा रहि क्यानसर उपचार पछि नारि अावाज कार्यक्रम लाई निन्तर रूपमा सञ्चालन गर्दै अाउनु भएकाे थियाे ।
शुक्रवार साझ ५ वजे अाफ्नै निवास कावासाेति २ सिमलघारिमा उहाकाे निधन भएकाे हाे ।