Thursday 28th March 2024
अन्तर्राष्ट्रिय पर्वतीय दिवस अवसरमा मानवशास्त्री विद्यार्थी शेर्पाको नेतृत्वमा तीनओटा हिमाल आरोहण
हेरालो खबर २०७७ मंसिर २८, आइतबार
डिसेम्बर ११ अर्थात् १७ औँ अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा मानवशास्त्री विद्यार्थी दावा शेर्पाको टोलीले तीन ओट हिमालको सफल आरोहण गरेको छ । शेर्पाको नेतृत्वमा पासाङ शेर्पा र सन्दुक दिर्जे तामाङ लगायतको तीन जनाको टोलीले सफल हिमाल आरोहण गरेका छन् ।
आइ एम ट्रेकिङ एन्ड एक्डेपेसन प्रा.ली मार्फत पर्यटन क्षेत्रमा आबद्ध एवं माउन्टेन गाइड दूध कुण्ड नगरपालिका गोरखानी २, सोलुखुम्बुका दावा शेर्पाको नेतृत्वमा दूध कुण्ड नगरपालिका लखोप ८ पासाङ शेर्पा र दूध कुण्ड नगरपालिका सोलुखुम्बुका सन्दुक दिर्जे तामाङ समरे सफल आरोहण गरेका हुन् ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका लगायत ३ जनाले विन्टर एक्पेडेसनमा इम्जा- त्से आइल्याण्ड पेक ६,१६५ मि. ५, डिसेम्बर २०२०, बिहान ७ बजे आरोहण गर्न सफल भए । त्यसको २ दिन पछि लोबुजे पूर्व ६,११९ मि. बिहान ६ बजेर ५० मिनेटमा र लोबुजे पश्चिम ६,१३५ बिहान ८ बजेर २० मिनेटमा ८ डिसेम्बर २०२० मा सफलत पूर्वक हिमालको आरोहण गरे ।
विश्वभर कोभिड- १९ को सङ्क्रमणको कारणले भयावह अवस्था यस्ता गतिविधिले पर्यटन क्षेत्रका केही चलायमान हुन लागेको देखिन्छ । यसले बन्दा रहेकोव्यावसायिक र पर्यटन क्षेत्र लगायतलाई थप ऊर्जा र पर्यटन प्रवर्द्धनको सहयोग गर्ने शेर्पाले बताए । पर्यटन क्षेत्रमा आबद्ध दावा शेर्पा एक पर्यटन माउन्टेन गाइड, सामाजिक संस्थाहरूमा आबर्द्धका साथै त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण समेत गरिएको छ । कोभिड- १९ को सङ्क्रमणको आक्रान्त रहेको बेलामा पनि आफ्नो पेशा व्यावसायिकलाई उच्च राख्न र यस्तो महामारीको बेलामा पनि पर्यटन क्षेत्रमा असम्भव केही रहेन र सम्भव रहेछन् भन्ने सन्देश समेत प्रवाह गर्नको लागि हिमाल आरोहण गरेको उनको भनाई छ ।