Tuesday 16th April 2024
आहा ! कति राम्रो नेपालको ताज महल अर्थात् रानी महल
विवेक गुरुङ्ग २०७७ पुस २, बिहीबार
पाल्पा जिल्लाको रानी महललाई नेपालको ताज महल नामले प्रख्यात रहेको छ । रानी महल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरेको देखिन्छ । यसलाई भारतको ताज महलसँग तुलना गरिन्छ । पाल्पा जिल्लाको तानसेन देखि १४ किलो मिटर उत्तर काली गण्डकी नदीको किनारमा अवस्थित उत्तरी मुख फर्काएर बनाइएको ऐतिहासिक दरबारमा आकर्षक कलाकृति देख्न सकिन्छ ।
रानी महल दरबार नेपालका ताज महलका रूपमा काली गण्डकी नदीका उत्तरतर्फ मोडमा विशाल चट्टान र पश्चिमी कला शैली रहल रानी महल दरबारका बायाँतर्फ शीतल पाटी दरबार रहेको छ । ५६ फिट चौडाइ, १ सय १२ फिट उचाइ भएको चारतले भवनको १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटी पौवासहित निर्माण कार्य पूरा भएको थियो ।
नदी प्राय उत्तर वाट दक्षिणतर्फ बग्ने गर्छ तर रानी महल छेउमा काली गण्डकी दक्षिण वाट उत्तर तर्फ बगेको छ ।
पाल्पा गौँडाका तैना थवाला जनरल खड्ग शमशेरले आफ्नी दिवङ्गत रानी तेज कुमारीको सम्झनामा विसं १९४९ मा सुरु गरी १९५४ सालमा रानी महल निर्माण गरी सकेका थिए । रानी महल खड्ग शमशेर र रानी तेजकुमारीको प्रेमको प्रतीक हो । रानीको मायामा भाव विह्वल भएर निर्माण गरिएको रानी महललाई खड्ग शमशेर र रानी तेजकुमारीको मायाको प्रतीकका रूपमा हेर्ने गरिन्छ ।
यो महल युनानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । यस महलको पूर्वतिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन् ।
त्यस्तै वरिपरि रहेको बगैँचा र रानी पोखरीले महल आकर्षक देखाएको छ। दरबारको मूल ढोकाबाट कुँदिएको ढुङ्गा र इट्टाबाट बनाइएका खुड्किलो तल सिधा काली गण्डकी नदी कुण्डमा जोडिएको छ ।
अन्तरिक पर्यटकहरूको घुइँचो लागेको देखिन्छ । त्यहाँ बस्नको लागि सुविधा सम्पन्न टेन्डरको व्यवस्था रहेको छ । बिदाको दिनका पिकनिक खाना आउनेहरूको भिड हुने त्यहाँको स्थानीयको भनाई छ ।