Flash News

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको सिफारिस

By

December 20, 2020

बलराम तिमिल्सिना, हेरालाे खबर ।

पौष ५, काठमाडौं ।प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । मन्त्रिपरिषद बैठकबाट संसद बिघटनको सिफारिस गरिएको बैठकमा सहभागी एक मन्त्रीले बताए । 

यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।मन्त्रिपरिषद बैठक चलिरहँदा प्रचण्ड, प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए ।

यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए ।नेकपा प्रवक्ता श्रेष्ठले यसको चर्को विरोध गरे ।प्रवक्ता श्रेष्ठले भने, ‘मैले भर्खरै सुने कि मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीहरु पनि उपस्थित नहुँदै प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नुभयो रे । यो गैर अलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन ।’