Flash News

तेस्रो संस्करणको सोल्टी ११ नक आउट फुटसल प्रतियोगिता सुरु

By

December 25, 2020

हेरालो खबर २०७७ पुस १०, शुक्रवारकाठमाडौँ । तेस्रो संस्करणको सोल्टी ११ नक आउट फुटसल प्रतियोगिता शुक्रवार देखी सुरु भएको छ । गोगबुको मनाङ मर्स्याङ्दी फुटसलमा सुरु भएको प्रतियोगितामा २८  टिमको सहभागिता रहेको छ । 

तमू ल्होछार २०७७ सालको सन्दर्भमा   आयोजना गरिएको  प्रतियोगिताको उद्घाटन काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष खेमराज तिवारी र विशेष अतिथिको रूपमा रहेको तमू कलाकार संघका अध्यक्ष अध्यक्ष राजु गुरुङले गरेका थिए ।

तिवारीले फिफा रेफ्री माया लामा र सहदेव श्रेष्ठलाई म्याच बल हस्तान्तरण गरेका थिए ।उद्घाटन खेलमा डाउनटाउनले विजयी सुरुवात गरेको छ । आयोजक सोल्टी ११ लाई २–० ले पराजित गर्दै डाउनटाउनले सुखद सुरुवात गरेको हो ।डाउनटाउनको जितमा राजन मगर र समीर गुरुङले एक/एक गोल गरे ।उपाधि विजेता टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्  भने उप–विजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउने छन् ।प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले १ हजार १ सय ११ रुपैयाँ नगद सहित प्रमाणपत्र, मेडल र टिसर्ट प्राप्त गर्ने छन् ।अघिल्लो संस्करणमा जोरपाटी एफसी विजयी भएको थियो ।प्रतियोगिता अहिलेको अवस्थालाई ध्यानमा राखी सञ्चालन गरिएको आयोजक सोल्टी ११ का अध्यक्ष दुर्गा गुरुङले बताए । तमू जातीको मुख्या चार्ड ल्होछारको सेरोफेरो आयोजना हुने प्रतियोगिता शुभ कामना आदान प्रदान गर्ने र आफ्नो जातिको संस्कार र संस्कृतिको प्रचार गर्नको लागि प्रतियोगिताको आयोजना गरिएको गुरुङको भनाई छ । कार्यक्रम गरुङ समुदायमा प्रचलित रहेको सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो । प्रतियोगिता शनिवार सम्म चल्ने छ ।