Thursday 28th March 2024
तेस्रो सोल्टी ११ फुटसलको उपाधि ढुकुको पोल्टोमा
हेरालो खबर २०७७ पुस १२, आइतबार
काठमाडौँ । ढुकु फुटसलले तेस्रो संस्करणको सोल्टी ११ फुटसल प्रतियोगिताको उपाधि जितेको छ । शनिवार भएको उपाधि भिडन्तमा ब्रदर्श युनाईटेडलाई पराजित गर्दै ढुकुले उपाधि उचालेको हो ।
काठमाडौँको गोगबु स्थित मनाङ मर्स्याङ्दी फुटसल सेन्टरमा भएको फाई नलमा ढुकुले ब्रदर्श युनाईटेडमाथि ४–१ को जित निकाल्यो ।
उपाधि सहित ढुकुले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता ब्रदर्श युनाईटेडले ३३ हजार ३ सय ३३ मा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्रोदर्श टिमका मञ्जिल महर्जन भए । यस्तै, उत्कृष्ट किपर ढुकु फुटसलका अनीश श्रेष्ठ र सर्वाधिक गोलकर्ता ढुकु टिमकै अभय राना भए । विधागततर्फका विजेताले १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे ।
नक आउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितालाई तमू ल्होछार २०७७ को अवसरमा सोल्टी ११ ले आयोजना गरेको हो । प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने सोल्टी ११ का अध्यक्ष दुर्गा गुरुङ्गले बताए । प्रतियोगिता समपन सँगै सबै तमू ल्होछारको पनि शुभकामना दिँदै गुरुङ्गले चौथो संस्करण पनि गर्ने जनकारी दिए ।
अघिल्लो संस्करणमा जोरपाटी एफसी विजयी भएको थियो ।