Flash News

नवप्रभात मा.बि मा बन्यो चमेनागृह

By

January 06, 2021

हेरालो खबर , २२ पौष, पोखरा । नवप्रभात मा.बि पोखरा ९ नयाँबजारमा अत्याधुनिक सुविधायुक्त चमेना गृह सञ्चालनमा आएको छ । पोखरा महानगरापालिका वडा नं. ९ को आर्थिक सहयोगमा निर्मित चमेना गृहको वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले बुधबार बिद्यालयमा अायाेजित एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका लामिछानेले बिद्यालयको भौतिक पक्ष सुधारको कार्य ब्यवस्थापन र स्थानिय निकायको संयुक्त पहलमा गरिने भएकोले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिका शिक्षक लागि पर्नुपर्ने बताउनुभयो । बिद्यालयको पुस्तकालय, शौचालय लगाएतका अन्य भौतिक पक्षको स्तरोन्नतीमा आफुले सक्दो पहल गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभएको छ ।

नवप्रभात खाजा कोषका लागि पचास हजारको चेक हस्तान्तरण गर्दै कार्यक्रमका अतिथि तथा भिएडब्लु इन्टरप्राइजेजका प्रवन्ध निर्देशक सरोज श्रेष्ठले बिद्यालयको भौतिक र शैक्षिक पक्षमा आफुले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो ।

बिद्यार्थीका तफवाट स्वागत मन्तब्य राख्दै कक्षा ११ कानुन बिषयकी छात्रा शान्ति तिलिजा पुनले आफु नवप्रभातमा पढ्न पाएकोमा गर्व महशुष भएको बताउदै बिद्यालयको गुणात्मक पक्ष निकै सुधार भएको र सोही अनुरुप भौतिक पक्षमा बिस्तारै बिकास गर्दै जानसके बिद्यालयले शैक्षिक र गुणात्मक दुबैमा पोखरामा नयाँ आयाम सिर्जना गर्न सकिने बताउनुभयो ।

कार्यक्रमका सभापति तथा नवप्रभातका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले आफ्नो कार्यकालमा बिद्यालयको शैक्षिक र भौतिक पक्षमा पूर्णता कायम गर्दै पोखराको नमुना बिद्यालयको रुपमा नवप्रभातलाई बिकास गर्ने चाहना भएको र सोही रुपमा अगाडी बढेको बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष तथा नवप्रभातका भूपू बिद्यार्थी समेत रहेका शंकर प्रसाद बास्तोलाले पोखराको गौरवको रुपमा रहेको समुदायिक बिद्यालयको बिकासमा सहयोग गर्न आफु पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नवप्रभात खाजा कोषका लागि पोखरामा रहेको एमाह कम्पनीको तर्फबाट सरोज श्रेष्ठले पचास हजार रुपैया, बिद्यालयका प्र.अ. इश्वरी प्रसाद पौडेलले दश हजार रुपैया, बिद्यालयका संयोजक सूर्यबहादुर थापाले दश हजार रुपैया, बिद्यालयकै शिक्षिका ११ हजार १ सय ११ रुपैया, एल टी ट्रेडर्सले ३० हजार रुपैया सहयोग गर्नुभएको छ ।

चमेता गृहको निर्माणसँगै बिद्यालयको बिहानी सत्र र दिवा सत्रमा अध्ययनरत बिद्यार्थी तथा शिक्षक यसबाट लाभान्वित हुनेछन् । चमेना गृह वडा नं. ९ को वडा कार्यालय र बिद्यालयको आन्तरिक स्रोतबाट समेत ब्यहोर्ने गरी संयुक्त रुपमा करीब ११ लाख ५० हजार रुपैया लागतमा निर्माण गरिएको छ । भोलीदेखी सञ्चालनमा आउने चमेना गृहको सञ्चालनको जिम्मा स्थानिय जुनी गुरुङले लिनुभएको छ ।

जनप्रतिनिधि राममया मानन्धरले कार्यक्रममा आफ्ना भनाई राख्नुभएको थियो । बिद्यालयका प्रअ इश्वरी प्रसाद पौडेलले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक यम प्रसाद भण्डारीले गर्नुभएको थियो ।