Friday 29th March 2024
सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै पोखरामा दीप प्रज्वलन।
हेरालाे खबर , फागुन ११ पाेखरा ।
सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै पोखरामा दीप प्रज्वलन गरिएको छ । नेकपा प्रचण्ड–माधव पक्षले विघटित प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेकपा प्रचण्ड–माधव समूहले साँझमा पोखराको पृथ्वी चोकमा दीप प्रज्वलन गरेको हो ।
नेकपा प्रचण्ड–माधव समूह कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण), नेकपा केन्द्रीय सदस्यहरु श्रीनाथ बराल, सीता गिरी ओली, कास्की सचिव बखानसिंह तमु, नेकपा प्रचण्ड–माधव समूह पोखरा नगर कमिटी सचिव विश्वप्रकाश लामिछानेलगायतको नेतृत्वमा भएको कार्यक्रममा सहभागिहरुले सर्वोच्च अदालत हाईहाई, केपी ओली बाईबाई, सर्वोच्च अदालत विकेन, केपी ओली टिकेन, केपी तेरो पाराले, दुःख पाए साराले लगायतका नाराहरु लगाएका थिए । उनीहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामासमेत मागेका थिए ।