Friday 29th March 2024
त्रिबेणी सामुदायिक टेलिभिजन बर्दघाट ४ नवलपरासीको पाचौँ साधारण सभा तथा तेस्रो अधिबेशन बुधबार बर्दघाटमा सम्पन्न।
हेरालाे खबर , फागुन २६ पोखरा ।
नवलपरासी सुचना तथा सञ्चार सहकारी ससथा लिमिटेडद्धारा सञ्चालित त्रिबेणी सामुदायिक टेलिभिजन बर्दघाट ४ नवलपरासीको पाचौँ साधारण सभा तथा तेस्रो अधिबेशन बुधबार बर्दघाटमा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष भोजराज ढकालको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले सञ्चारमाध्यमले आम नागरिकमा सत्य तथ्य र निष्पक्ष सुचना प्रवाह गरि नागरिकलाई सचेत बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बर्दघाट वडा नम्बर ४ का वाडध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, सस्थाका सल्लाहकार क्षेत्र बहादुर थापा, गणेश पाखरेल, भोल्गा नेपाल, रेडियो दाउन्नेका कार्यकारी निर्देशक रामजी लौडारी लगाएतका वक्ताहरुले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा सञ्चालक समितिको तर्फ देखी आर्थिक बर्ष ०७५, ७६ र ०६७६, ७७ को बार्षिक प्रतिबेदन अध्यक्ष भोजराज ढकालले प्रस्तुत गर्नुभएको थियो भने कोष तथा लेखा समितिको प्रतिबेदन लेखा समयोजक शिव प्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो ।
सस्थाका उपाध्यक्ष राजेन्द्र सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका लेखा समयोजक शिव प्रसाद शर्माले गर्नुभएको थियो । अधिबेशनले नया नेतृत्व चयन गर्नेछ ।