Tuesday 16th April 2024
मध्यबिन्दु ४ घोम्पुरामा अम्रेला बृज पार्क होटेल एण्ड रेष्टुरेण्ट सञ्चालनमा ।
निशा चापागाई , हेरालो खबर , चैत १५ नवलपुर ।
नवलपुरको मध्यबिन्दु नगरपालिका – ४ घोम्पुरामा स्थित अम्रेला बृज पार्क होटेल एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । केहि दिन देखि सर्वसाधरणका लागि टिकट खुल्ला गरेर पार्क संचालनमा आएको कार्यकारी निर्देशक सुरज भन्तनाले बताएका छन् ।
उक्त पार्कभित्र विभिन्न मनोरम दृश्य, बस्नका लागि कटेज, कार्यक्रम गर्नका लागि सानो हल, तथा मनोरञ्जनात्मक दृष्यहरु निर्माण गरिएका छ्न।
बाँधको पुलसँगै हेर्न र दृष्य लिन मिल्नेगरी डिलमा रेलिङ पुलमा रंङ्गीचङ्गी सजाईएको आकर्षक छाता संगै झिलिमिली बत्ती, साना ठुला झुला , लिङ्गे पिङ्ग , टिकटक बनाउन लेखिएको स्थान, खोलामा ढुङ्गा सयर विभिन्न फोटो खिच्ने मिल्ने ठाउँहरु रहेका छ्न ।
बिसेसत अहिलेका युवा- युवतीहरूका लागि अम्रेला बृज पार्कका मुख्य आकर्षण केन्द्र बनेको छ ।
जेष्ठ नागरिकहरुका लागि विश्राम लागी प्रतिक्षालय पनि पार्कमा निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण भएका छन् ।
पार्कमा शान्त वातावरण , चारैतिर मनोरम दृश्य देखिने नजिकै उल्टी खोलामा ढुङ्गा सयर पनि सञ्चालनमा आएको छ । यसले सबैको मन जित्ने सञ्चालकको भनाई छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको चोरमाराबाट करिब ५ किलो मिटर दक्षिणमा रहेको अम्रेला बृज पार्क औपचारिक रुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ।
पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक भन्तनाका अनुसार कावासोती , गैंडाकोट , दुम्किवास , चोरमारा , डण्डा अरुणखोला लगायतका बजारबाट दैनिक करिब १०० देखी १५० को हारहारीमा पार्कको अवलोकन गर्न सर्वसाधारणहरू आउन थालेका छन्