Friday 29th March 2024
१९ आै आहा !रारा गाेल्ड कप शनिवारदेखि सुरू ।
हेरालो खबर , चैत १९ पोखरा ।
आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता’ चैत २१ गते शनिबारदेखी शुरु हुने भएको छ ।आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरको रुपमा स्थापित गरौैँ’ भन्ने उद्धेश्य सहित आयोजना गरिएको प्रतितयोेगितामा एक विदेशी सहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबकाबीचमा हुनेछ ।
प्रतियोगितामा सहारा र एपिएफसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु मनाङ मस्र्याङदी, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार,सङ्कटा क्लब र मछिन्द्र क्लबले उपाधिकाले लागि प्रतिस्पर्धा गर्नेछन् । विदेशी टोली अफ्रिकन रुट एशोएशन, डउला क्यामरुन सहभागी हुनेछ ।प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी यसवर्षदेखी राजनीतिज्ञ एवं उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही रु २५ हजार नगद सहित पुरस्कृत गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।