Friday 29th March 2024
मनसुन आजबाट पुन सक्रिय हुँदै ।
हेरालाे खबर , असार २३ , काठमाडौं। नेपालमा दुई दिनदेखि कमजोर बनेको मनसुन आजबाट पुन सक्रिय हुँदैछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आजबाट वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र यसले पूर्वदेखि पश्चिमसम्म वर्षा गराउन सक्नेछ। न्यूनचापीय रेखा पूर्वबाट पश्चिमतर्फ सर्दै जाने भएकाले भोलिदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ। गत विहीबारदेखि आइतरबारसम्मको निरन्तर वर्षाले देशको मध्य तथा पश्चिम क्षेत्रमा बाढी, पहिलो र भूक्षयले ठूलो क्षति गरेको थियो। राजमार्गहरु अबरुद्ध भएका थिए।
बुधबार दिउँसो देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।प्रदेश १ का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको छ।
राती देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।