हेरालो खबर
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को नया“ नेतृत्वका लागि अध्यक्ष पदमा वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङ उम्मेद्वार बन्नुभएको छ । संघको नया“ नेतृत्वका लागि आफुले दाबि गरेको कुलबहादुर गुरुङले बताउनुभयो । संघको अघिल्लो कार्यकालमा महासचिवको जिम्मेवारी सम्हालिसक्नु भएका गुरुङले आफुले हिमाल र हिमालसंग जोडिएका हरेक चुनौति अवसर र मुद्दालाई नजिकबाट नियालेको र बुझेको स्पष्ट पार्नुभयो ।
‘संघमा महासचिवको जिम्मोरीमा रहेर तीन वर्ष काम गर्दा हिमाल बारेमा थप गहिरिएर बुझ्ने मौका मिल्यो ।’, उहा“ले भन्नुभयो, ‘विश्वको पर्यटकीय ध्यान तान्ने हिमालको व्यवस्थापन, श्रमिकको हकहित, संस्थागत विकास, पर्वतीय पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरमै व्यापक प्रचारप्रसार लगायतमा योगदान गर्न मेरो उम्मेद्वारी हो । पर्वतीय पर्यटन क्षेत्रमा गनुपर्ने धेरै कामहरु आफुले देखेको र ती कामहरु पुरा गर्न आफ्नो उम्मेद्वारी रहेको व्यवसायी गुरुङले उल्लेख गनुभयो ।
पर्यटन क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव संगाल्नुभएका गुरुङसंग हिमालसंग जोडिएका विषयमा लामो अध्ययन र अनुभव छ । उहा“संग पर्यटन क्षेत्रका विभिन्न संघ संस्थामा रहेर गर्नुभएको काम र योगदानको सूची पनि लामो रहेको छ ।
आगामी भदौ ७ गते हुन लागेको संघको निर्वाचनमा लोकतान्त्रिक पर्यटन व्यवसायी संघको तर्फबाट गुरुङलाई अध्यक्ष पदका लागि सर्वसम्मत अघि सारिएको हो । गुरुङको उम्मेद्वारीलाई साझा बनाउन अन्य राजनीतिक दल निकट पर्यटन व्यवसायीहरु र स्वतन्त्र व्यवसायीहरुको समेत कसरत भइरहेको पाइएको छ ।
प्रतिक्रिया