logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • सिन्धुपाल्चोकमा एनफपिजेको शाखा विस्तार

    • heralokhabar heralokhabar
    • १८ श्रावण २०८२ शनिबार
    सिन्धुपाल्चोकमा एनफपिजेको शाखा विस्तार

    हेरालो खबर

    काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० नेपालले जिल्ला शाखा विस्तारलाई तिव्रता दिइरहेको छ । सोहि क्रममा शुक्रबार सिन्धुपाल्चोक शाखा गठन गरेको छ ।

    बागमती प्रदेश अन्तरगत जिल्ला शाखा विस्तार गर्ने क्रममा शुक्रबार चौतारामा आयोजित प्रथम जिल्ला भेलाले विजय नेपाललाई अध्यक्ष चयन गरेको हो। त्यसैगरी, उपाध्यक्षमा मानकाजी तामाङ, सचिवमा सागर खड्का, कोषाध्यक्षमा प्रेम लामा र सदस्यमा सुजन श्रेष्ठ चयन भएका छन्। बाँकी रिक्त दुई सदस्य नवगठित कार्यसमितिले पुरा गर्ने छ ।

    भेला समितिका संयोजक सुन्दर शिरिषको सभापतित्वमा आयोजित भेलामा एनएफपिजे नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ प्रमुख अतिथि, नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल विशेष अतिथि रहेका थिए भने, समुहका केन्द्रीय सचिव प्रविन राई, केन्द्रीय सदस्य शुसिल कुमार श्रेष्ठ, समुहको बागमती प्रदेश अध्यक्ष राजेन्द्र गजुरेल, प्रदेश सचिव कुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाती महासंघ बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, पत्रकार संघ संगठनका प्रतिनिधि, समाजसेवी तथा सक्रिय पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले पछिल्लो समय समग्र पत्रकारिता समस्यामा पर्दै गएको परिवेशका व्यवसायिक फोटो पत्रकारितालाई जोड दिदै आएको एनफपिजे र नवगठित सिन्धुपाल्चोक शाखा आफैमा पृथक रहने विश्वास व्यक्त गरे । उनले समग्र जिल्लाको पर्यटन क्षेत्रको विकासमा फोटो पत्रकारको भूमिका अतुलनिय रहने हुँदा आगामी दिनमा एनफपिजेले आफ्नो लक्ष अनुरुपको काम गर्दै अगाडी बढ्ने बताए । त्यस्तै विशेष अतिथि नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले ल्ँएव् नेपाल जिल्लामा गठन हुनु आफैमा सकारात्मक रहेको बताउँदै पत्रकार महासंघ एनफपिजेसँग सहकार्य गर्न तयार रहेको समेत बताए ।

    सचिव राईले संस्थाले गरिरहेको गतिविधिहरुको बारेमा प्रकाश पार्दै संस्थाको भावी रणनीतिहरूको वारेमा समेत स्पष्ट पार्नु भएको थियो।
    कार्यक्रमलाई सम्बोधन गदै एनफपिजे बागमती कार्यसमितिका अध्यक्ष राजेन्द्र गजुरेलले पछिल्लो समय पर्या पर्यटनको प्रचार प्रसारमा फोटो पत्रकारको भूमिका प्रस्ट पार्दै समग्र सिन्धुपाल्चोकको पर्यटन विकासमा जिल्ला शाखाले सक्रियताका साथ आफ्ना गतिविधिहरु गर्ने बताए । फोटो पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश र केन्द्रीय समितिले समय समयमा विभिन्न किसिमका तालिम लगाएतका गतिविधिहरु गर्दै आएको बताए । नवगठित शाखा समितिले जिल्लामा फोटो पत्रकारितालाई अनुशासित, मर्यादित र फोटो पत्रकारहरूको हक–हितको संरक्षणमा केन्द्रित गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।



    heralokhabar heralokhabar    
  • १८ श्रावण २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP