logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • आज बिहानै उनन्तीस यात्रु सवार गाडी दुर्घटना, शाहीको मृत्यु

    • Heralo Reporter Heralo Reporter
    • ८ कार्तिक २०८१ बिहीबार
    आज बिहानै उनन्तीस यात्रु सवार गाडी दुर्घटना, शाहीको मृत्यु

    सुर्खेत , हेरालाे खबर

    सुर्खेतमा आज बिहान २९ जना यात्रु सवार गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

    दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका वडा नं ४ का ३५ वर्षीय दीपक शाही छन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कर्णाली अस्पताल सुर्खेतमा पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको हो । सबै घाइतेको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।

    जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको गाडी बराहताल गाउँपालिका वडा नं ८ को हुड्केमा दुर्घटना भएको हो । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • ८ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP