हेेरालाे खबर
नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी ८ टोली तयारीमा जुट्न सुरु भईसकेको छ । ८ टोलीले विदेशी खेलाडी आफ्नो टोलीमा भित्र्याउने क्रम अन्तिम रुपमा पुर्याएका छन् । एनपिएलको नियम अनुसार सहभागी टिमले ४ विदेशी खेलाडी प्लेईङ-११ मा राख्नने नियम रहेको छ ।
यसै नियममा रहेर टिमहरुले विदेशी खेलाडी धमाधम आफ्नो टोलीमा भित्र्याइ रहेका छन् । हालसम्म विभिन्न टोलीमा १६ देशका ३५ विदेशी खेलाडी अनुबन्ध भइसकेका छन् । पोखरा एभेन्जर्सले सर्वाधिक ६, जनकपुर बोल्ट्स र विराटनगर किंग्सले समान ५, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स र काठमाडौं गुर्खाजले समान ४ तथा लुम्बिनी लायन्सले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
कुन देशबाट कति खेलाडी
इङ्ग्ल्याण्ड – ६ जना
अमेरिका, वेस्ट इण्डिज, न्युजिल्याण्ड, स्कटल्याण्ड, पाकिस्तान – ३ जना
भारत, नामिबिया, नेदरल्याण्ड्स र अफगानिस्तान – २ जना
हङकङ, युएई, अस्ट्रेलिया, ओमान, क्यानडा, दक्षिण अफ्रिका – १ जना
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन्
पोखरा एभेन्जर्स – अमेरिकाका आन्द्रेस गौस, नेदरल्याण्ड्सका बास डि लिडे, वेस्ट इण्डिजका एन्डसन फिलिप, इङ्ग्ल्याण्डका म्याट क्रिचली, वेस्ट इण्डिजका रेमन राइफर र स्कटल्याण्डका माइकल लिस्क
कर्णाली याक्स – पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायात, वेस्ट इण्डिजका चालडिक वाल्टन र भारतका शिखर धवन
सुदूरपश्चिम रोयल्स – स्कटल्याण्डका ब्रान्डन मक्मलेन, इङ्ग्ल्याण्डका सेफ जेब, न्युजिल्याण्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्ताफा
लुम्बिनी लायन्स – इङ्ग्ल्याण्डका टोम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, भारतका उन्मुक्त चन्द
काठमाडौं गुर्खाज – नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका सन एस्किनान्जी, नामिबियाका जेहार्ड एरास्मस र इङ्ग्ल्याण्डका ड्यान डौथेवेट
विराटनगर किंग्स – ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्तन, स्कटल्याण्डका क्रिस सोल, न्युजिल्याण्डका मार्टीन गप्टिल र अफगानिस्तानका इस्मत आलम
जनकपुर बोल्ट्स – न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकाका लाहिरु मिलन्था र पाकिस्तानका सोयब मक्शुद
चितवन राइनोज – दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग, इङ्ग्ल्याण्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन, नामिबियाका जान लिफ्टी इटन र अफगानिस्तानका हसन इसाखिल
प्रतिक्रिया