logo
  • १५ बैशाख २०८३, मंगलवार | Tue, 28 Apr 2026
  • वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा आबद्ध

    • Heralo Reporter Heralo Reporter
    • २६ कार्तिक २०८१ सोमबार
    वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा आबद्ध

    •  पाेखरा ,   हेरालाे खबर

    पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ।  

    नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो।

    ३१ वर्षीय राइफर अलराउन्डर हुन्। उनले टि ट्वान्टी मा ९३  खेल खेलेका छन्। १ हजार १ सय २४ रन बनाएका उनले ६६ विकेट लिएका छन्।

    राइफरलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन्। टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेटिएकाले टिम बलियो बनेको र प्रदर्शन पनि उच्च हुने विश्वाल लिएको बताए।

    नेपाली राष्ट्रिय टोलीका कुशल भुर्तेल पोखरा एभेन्जर्सका मार्की खेलाडीका रूपमा छन्। टोलीमा सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ छन्।

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएपल मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।



    Heralo Reporter Heralo Reporter    
  • २६ कार्तिक २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP