logo
  • ९ पुष २०८२, बुधबार | Wed, 24 Dec 2025
  • महिला टि ट्वान्टी विश्वकप युएईमा हुने

    महिला टि ट्वान्टी विश्वकप युएईमा हुने

       एजेन्सी –  महिला टि ट्वान्टी विश्वकप २०२४ युएईमा आयोजना हुने भएको छ । असुरक्षा लगायतको कारण देखाउदै बंगलादेशबाट विश्वकप युएई सारिएको हो ।

    युएईमा विश्वकप आयोजना भए पनि होस्टिंग अधिकार भने बंगलादेशकै रहनेछ । बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकार विरोधी आन्दोलनपछि आइसिसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो ।

    तत्कालिन प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर भारतको शरणामा पुगेकी थिइन् । त्यहाँ अन्तरिम सरकार गठन भएको छ । तर, बंगलादेशबाट तोडफोड र लुटपाटका साथै हिंसात्मक गतिविधिका घटनाहरू निरन्तर भइरहेकाले आइसिसी यो निणर्यमा पुगेको हो ।

    बंगलादेश सरकारले विश्वकप आयोजना अधिकार गर्न अन्तिम समयसम्म प्रयास गरेको थियो । तर, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायत लगायत देशले आफ्ना नागरिकलाई बंगलादेश जान रोक लगाएको छ ।

    बिसिसिआईले विश्वकप आयोजना का लागि आइसिसीको प्रस्ताव अस्वीकार गरेपछि युएई, श्रीलंका र जिम्बाब्वे विश्वकप आयोजना का लागि विकल्पका रुपमा रहेका थिए ।

    युएईले यसअघि सन् २०२१ को पुरुष टि२० विश्वकप ओमानसँगै आयोजना गरेको थियो । १० टोलीको सहभागिता रहेको प्रतियोगिता अक्टोबर ३ देखि अक्टोबर २० सम्म सञ्चालन हुनेछ ।



    Heralo Reporter Heralo Reporter    
  • ५ भाद्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP