logo
  • १ कार्तिक २०८२, शुक्रबार | Fri, 17 Oct 2025
  • एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

    • heralokhabar heralokhabar
    • १ कार्तिक २०८२ शुक्रबार
    एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

     

    हेरालाे खबर

    एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

    धनगढी, कैलाली — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे नेपाल)को प्रथम कैलाली भेला तथा शाखा उद्घाटन सत्र कार्यक्रम धनगढीमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा दिपेन्द्र कुमार श्रेष्ठ (दिप) लाई सर्वसम्मत रूपमा कैलाली शाखाको अध्यक्षमा चयन गरिएको छ।

    नवगठित कार्यसमितिको उपाध्यक्षमा सुदिप थापा, सचिवमा हरिष भट्ट, कोषाध्यक्षमा सुभेष पाठक, सह–सचिवमा उषा किरण ज्योती रहेका छन्। त्यस्तै, सदस्यहरूमा रवि भुल, दिपेन्द्र ओली, सरस्वती वि।क। र लक्ष्मण ढुङ्गाल चयन भएका छन्।

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार चित्राङ्ग थापा रहेका थिए भने कार्यक्रम राष्ट्रिय फोटो पत्रकार समूहका प्रदेश संयोजक राजेन्द्र थापाको सभापतित्वमा सञ्चालन भएको थियो।

    भेलाले जिल्लाको आगामी गतिविधि र योजनाहरूको कार्यान्वयन सुनिश्चित गर्न सल्लाहकार तथा समन्वय समिति पनि गठन गरेको छ। उक्त समितिमा उत्तम थापा, सुशिल ढुङ्गाना र प्रेम विवश चन्द रहेका छन्।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले फोटो पत्रकारिताको भूमिकालाई सशक्त, व्यवस्थित र व्यवसायिक बनाउन संगठनात्मक संरचना अत्यावश्यक रहेको बताए। उनले यस्तो पहलले प्रदेश र स्थानीय तहमा फोटो पत्रकारहरूको आवाज बुलन्द बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

    यो भेला राष्ट्रिय फोटो पत्रकारहरूको संगठनात्मक एकता र पत्रकारिताको गुणस्तरीय विकासतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।



    heralokhabar heralokhabar    
  • १ कार्तिक २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP