स्याङ्जामा खुल्ला क्लबस्तरिय भलिबल प्रतियोगिता हुँद
धनु गुरुङ

स्याङ्जा |स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ राम्चेमा कार्तिक शुक्ल पुर्णिामाको अवसरमा शिवजी मेला २०८२ हुने भएको छ । शिवमित्र तमु युवा परिवारको आयोजनामा कार्तिक १५ गतेदेखि २० गतेसम्म मेला आयोजना गर्न लागिएको हो ।
पाँच दिनसम्म चल्ने मेलामा खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगीता गर्न लागेको क्लबका अध्यक्ष गोपाल गुरुङले बताए।
प्रतियोगितामा विजेताले नगद रु एक लाख, उपविजेताले ६० हजार सेमिफाइनलिस्ट टिमले नगर रु २०/२० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसबाहेक विभिन्न विधागत तर्फ उत्कृष्ट खेलाडीलाइ नगद ट्रफी र मेडलसहित पुरस्कृत गरिने खेल सयोंजक सोबिन गुरुङले बताए।
कार्तिक १९ गते कार्तिक शुक्ल पुर्णिामाको दिन शिवजी मन्दिरको दर्शन सगै स्थानिया कला सस्कृतिको प्रदर्शनसगै रास्टृय स्तरका चर्चित कलाकारहरुको साथमा बृहत् सास्कृतिक कार्यक्रम हुनेछ।
मेलाको तयारी तिव्र भैरहेको जानकारी दिदै क्लबका सचिब रामचन्द्र गुरुङले सम्पुर्णलाई मेला सफल पार्न आ आफ्नो तर्फबाट साथको लागि अपिल गरे।
प्रतिक्रिया