logo
  • ५ भाद्र २०८३, शुक्रबार | Fri, 21 Aug 2026
  • तमु धिं नेपालमा मेनकाजी गुरुङको ६३ औं जन्म जयन्ती

    • heralokhabar heralokhabar
    • ५ भाद्र २०८३ शुक्रबार
    तमु धिं नेपालमा मेनकाजी गुरुङको ६३ औं जन्म जयन्ती

    हेरालाे खबर
    पोखरा । तमु धिं नेपालका तत्कालिन सहसचिव, हिमाली साँस्कृतिक परिवारका संस्थापक उपाध्यक्ष, तत्कालिन अध्यक्ष एवम वरिष्ठ नृत्य निर्देकश, सँस्कृतिकर्मी मेनकाजी गुरुङको ६३ औं जन्मजयन्ती पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा मनाइएको छ।


    कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले स्वर्गीय गुरुङ गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुदै हिमाली साँस्कृतिक परिवारको स्थापनादेखि हालको अवस्थासम्म उहाँको योगदान साथै साँस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्नुभयो। स्वर्गीय गुरुङको योगदानले उहाँ भौतिक रुपमा हामी बिच नरहे पनि सबैको आत्मामा अमर रहनुभएको बताउनुभयो।
    तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ स्वर्गीय गुरुङको सामाजिक तथा साँस्कृतिक क्षेत्रमा पुर्याउनु भएको योगदान अतुलनीय रहेको बताउनुभयो। तमु धिं नेपालको भवन निर्माण कै क्रममा ज्वरो पश्चात भौतिक रुपमा बिदा भए पनि स्मृति सधै ताजा रहेको बताउनुभयो।

    कार्यक्रममा सहभागी तमु धिं नेपाल केन्द्रिय समिति, केन्द्रिय आमा समिति, केन्द्रिय युवा समिति, तमु धिं नेपाल कास्की जिल्ला समिति, तमु विद्यार्थी समिति, हिमाली साँस्कृतिक परिवार साथै कलाकारहरुले उहाँको तस्बीरमा पुष्र्पापण साथै धुप बालेर श्रद्धाञ्जली अर्पण गरेका थिए भने कार्यक्रमको संचालन तमु धिं नेपालका महासचिव जुनाकुमारी गुरुङले गर्नुभएको थियो.।
    यसै बिच स्वर्गीय गुरुङको ६३ औं जन्मजयन्तीको अवसर पारी साउन ६ गते पोखरा १२ चापापानीस्थित चिउली पाचे तमु समाजमा हिमाली साँस्कृतिक परिवारले कलाकार प्रोत्साहन पुरस्कार अर्पण साथै हिमाली विविध साँस्कृतिक कार्यक्रम गरिने हिमाली साँस्कृतिक परिवारका सचिव डबिन गुरुङले उजानकारी दिनुभयो।



    heralokhabar heralokhabar    
  • ५ भाद्र २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP