हेरालाे खबर
एजेन्सी – स्पेनिस ला लिगमा एट्लेटिको मड्रिडले सोमवार भालाडोलिडलाई ४-२ पराजित गरेको छ ।
खेलमा भालाडोलिडले अग्रता लिएको थियो। ममदोउ सिलाले २१औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए ।
एट्लेटिकोका लागि जुलियन अल्बारेजले २५औं पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
त्यस्तै एट्लेटिकोका लागि जिउलियानो सिमेनोइले २७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । भालाडोलिडका लागि जाभी सान्चेजले ५६औं मिनेटमा बराबरी गोल गरेका थिए ।
एट्लेटिकोले अल्बारेजले ७१औं मिनेटमा पाएको पेनाल्टी गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए। एलेक्जेन्डर सरलोथले ७९औँ मिनेटमा गोल गर्दै एट्लेटिकोको जित निश्चित गरेका थिए ।
३१ खेलमा ६३ अंकसहित एट्लेटिको तेस्रो स्थानमा छ। शीर्ष स्थानको बार्सिलोनाको ७० र दोस्रो स्थानको रियल म्याड्रिडको ६६ अंक छ।
प्रतिक्रिया