हेरालाे खबर
नेपाल फुटबल लिग(NFL) आगामी २०८३ साल फागुन १ गतेदेखि सञ्चालन हुने

काठमाडौं । नेपाली घरेलु फुटबललाई व्यावसायिक बनाउने उद्देश्यका साथ नयाँ प्रतियोगिता ‘नेपाल फुटबल लिग’ (NFL) आगामी २०८३ साल फागुन १ गतेदेखि सञ्चालन हुने भएको छ।
काठमाडौंको लाजिम्पाटस्थित दुसित प्रिन्सेस होटलमा आयोजित एक कार्यक्रमका बीच जारी गरिएको प्रेस विज्ञप्ति अनुसार प्रतियोगिताको तयारी अघि बढाइएको जानकारी दिइएको हो।
लिगको ऐतिहासिक पहिलो संस्करणमा
घरेलु फुटबलका पुराना ७ वटा क्लबसहित नयाँ थपिने टिमहरूले प्रतिस्पर्धा गर्नेछन्। पुराना टोलीहरूमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी रहेका छन्। यी सात टोलीसँगै प्रतिस्पर्धा गर्न अन्य सहरका नयाँ क्लबहरू पनि एनएफएलमा थपिने जनाइएको छ।

रङ्गशालाको उपलब्धता हेरेर प्रतियोगिता ‘होम एन्ड अवे’ (Home and Away) ढाँचामा खेलाइनेछ। तयारी अवधिसहित लिग करिब ४ महिनासम्म सञ्चालन हुने र यसले देशभर फुटबलको नयाँ माहोल बनाउने विश्वास आयोजकको छ।
क्लबहरूकै अग्रसरतामा स्थापना भएको साझा संस्था ‘नेपाल फुटबल लिग’ आफैंले यो प्रतियोगिता आयोजना गर्न लागेको हो। क्लबहरू यस लिगको सदस्यका रूपमा रहेर मैदानमा उत्रिनेछन्। खेलहरूलाई पूर्ण रूपमा निष्पक्ष ढंगले सम्पन्न गर्नका लागि छुट्टै स्वतन्त्र समिति (Independent Committee) गठन गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया