हेरालाे खबर
पाेखरा | पोखरामा जारी फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आयोजक युनाइटेड किङ्स क्लब पोखरा, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल संघ विजयी भएका छन् ।

आयोजक र गण्डकीले लगातार दोस्रो जित निकाल्दा पुलिसले पहिलो जित दर्ता गरेको हो । आयोजकले आर्मी र पुलिसले कोसीलाई ३–० तथा गण्डकीले एपीएफलाई ३–१ को सेटमा पराजित गरे ।

जितसँगै गण्डकी र आयोजकको समान ६ अंक पुगेको छ । तस्बिर : बसन्त शेर्पा/ नेपाल फोटो सर्भिस (NPS)

प्रतिक्रिया