हेरालाे खबर
काठमाडौ | एक दिने उसु हिरोज जुनियर प्रथम खुल्ला थाउलु उसु च्याम्पियनसिप २०८२ जाेरपाटी स्थित ईस्टपाेल स्कुलमा सम्पन्न भएकाे छ । उसु द योङ्ग जेनेरेशनद्वारा आयाेजित उक्त प्रतियोगितामा करिब २०० खेलाडीहरुकाे उपस्थित रहेकाे तथा प्रतियाेगिता भव्य र सभ्य रुपमा सम्पन्न भएकाे आयाेजक कमिटीका बिजय सिन्जालीले जानकारी दिनुभयो ।

बिधालय स्तरबाटै खेलाडीहरुकाे प्रतिभा पहिचान गर्नु पर्छ र नयाँ प्रतिभाहरुले आफ्नाे क्षमता प्रदर्शन गर्ने प्लेटफर्म पाउनु पर्छ भन्ने उद्देशका साथ संचालन भएकाे प्रतियोगितामा जुनियर र सब जुनियर गरेर ५० वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएकाे थियाे । प्रतियोगितामा जुनियर खेलाडीहरुलाई अवसर दिने हेतुले जुनियर र सब जुनियर गरि विभिन्न इभेन्टहरु समाबेश गरिएकाे आयाेजक कमिटीले जानकारी दिएकाे छ।
काठमाडौं भ्यालीका उसु क्वान,स्कुल तथा देशका बिभिन्न जील्लाबाट सहभागिता रहेकाे यस प्रतियोगितामा नेपाल उसु महासंघ लगायत बिभिन्न संस्थाहरुकाे सहयाेग रहेकाे आयाेजक कमिटीका पासाङ्ग शेर्पाले बताउनु भयो।

प्रतियोगितामामा नमो बुद्ध लायन्स क्वबका अध्यक्ष, नेपाल उसु महासंघका उपमहासचिव राजिव महर्जन, एड्भान्स कुन्फु एशोसिएशनका सुर्य प्रकाश लगाएत उसुका प्रशिक्षकहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विभिन्न संघ, क्वान, क्लबका पदाधिकारी ज्युहरुको उपस्थितिमा बिजेता तथा सहभागी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरिएकाे थियाे।

प्रतियाेगितालाई सफल बनाउन सहयाेग गर्नु हुने बिभिन्न संस्था, सहभागी क्वानका प्रशिक्षकहरु तथा खेलाडीहरु लगाएत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयाेग गर्नु हुने र जज टुल सफ्टवेयर उपलब्ध गराएर सहयाेग गर्नुहुने अन्तराष्ट्रिय उसु निर्णायक बिसाल सिन्जाली ज्यु र उहाँँकाे टिमलाई बिशेश धन्यवाद प्रकट गर्दै आयाेजक कमिटीका विजय सिन्जालीले याे प्रतियोगिताले नव आगन्तुक उसु खेलाडीहरुमा नयाँ उर्जा थपेकाे बताउनु भयाे ।

प्रतिक्रिया