logo
  • ५ कार्तिक २०८३, बुधबार | Wed, 21 Oct 2026
  • एनपिएलले मिडिया डे क्लिनिकको आयोजना गरे

    • heralokhabar heralokhabar
    • १ कार्तिक २०८३ शनिबार
    एनपिएलले मिडिया डे क्लिनिकको आयोजना गरे

    हेरालाे खबर
    काठमाडौँ। तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का सन्दर्भमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रमुख प्रायोजक सिद्धार्थ बैंक र नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्यमा शुक्रबार मिडिया डे क्लिनिकको आयोजना गरेको छ ।


    एनएसजेफले एनपिएलको पूर्वसन्ध्यामा गत वर्षदेख एनपिएलका नयाँ पुराना कुरा, योजना र एनपिएल सुरु हुनुअघि नै जानकारी दिने उद्देश्यले गत वर्षदेख मडिया डे क्लिनिकको आयोजना गर्दै आएको छ । एनपिएलको तेस्रो संस्करण दस दिनपछि कात्तिक ९ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा हुँदैछ ।


    मुख्य प्रायोजक सिद्धार्थ बैंक लिमिटेडको आफ्नो प्रधान कार्यालयमा आयोजित ’मिडिया डे’ मा क्यानका सचिव पारस खड्काले एनपिएल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट आधिकारिक मान्यता पाउने चरणमा पुगेको जानकारी दिए । म बेलाबेलामा आइसिसीबाट अपडेट आउँछ कि भनेर आफ्नो इमेल हेरिरहेको हुन्छु । आइससीको आधिकारिक मान्यता प्राप्त भएपछि एनपिएलको स्तर अझ माथि उठ्नेछ। हामीले सुरुदेखि नै आइसिसीको मान्यताका लागि पहल गरिरहेका छौं।

    यसले हामीलाई औपचारिक अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्नेछ । यसपटक स्वीकृति प्राप्त हुनेमा म छु– पारसले खेल पत्रकारसँगको अन्तरक्रियामा भने ।
    उनले एनपिएलको तेस्रो संस्करणमा ’डिसिजन रिभ्यु सिस्टम’ (डिआरए) लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको र यससम्बन्धी आधिकारिक घोषणा तीन दिनभित्र गरिने जानकारी पनि दिए । आइसिसीबाट मान्यता प्राप्त भएपछि एनपिएलमा डिआरएस प्रणाली लागू गर्न अझ सहज हुनेछ । यस प्रविधिमा करिब १ करोड ५० लाखदेखि २ करोड रुपैयाँसम्म खर्च लाग्ने अनुमान छ । यो ठूलो खर्च हो, क्यान र फ्रेन्चाइज टोलीहरूले मिलेर यो खर्च व्यहोर्नेछौँ– सचिव पारसले भने । उनले हालको गतिलाई अझ अघि बढाउनुपर्नेमा जोड दिँदै नेपालमा मैदानभित्रको जोस र मैदानबाहिरको समर्थन दुवै भएकोले यसले नेपाली क्रिकेटलाई अझ उचाइमा पु¥याउन सक्ने भनाई पनि राखे ।
    यसैरी लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले विगतमा फ्रेञ्चाइ टिमहरुलाई निकै चुनौती रहेको खुलसा गरे । उनले क्रिकेटमा सबैलाई एकताबद्ध गर्ने शक्ति रहेको अनुभव सुनाउनुभयो । ‘पहिलो संस्करणका लागि हामीसँग तयारी गर्न निकै कम समय थियो दोस्रो संस्करण जेनजी आन्दोलनपछिको परिस्थितिले अनिश्चित थियो । सबै राजनीतिक रूपमा विभाजित थिए। यद्यपि मतभेदहरूका बाबजुद एनपीएलले हामीलाई एकजुट गरायो ।
    मुख्य प्रायोजकक सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले प्रतियोगिताप्रति बैंकको निरन्तर प्रतिबद्धतामाथि प्रकाश पारे । हामीले एनपीएलसँग पाँच वर्षे सम्झौता गर्न पाएकोमा अत्यन्तै गर्व महसुस गरेका छौंँ । पहिलो सिजनबाट सुरु भएको हाम्रो यात्रालाई फर्केर हेर्दा, हामीले लामो बाटो तय गरिसकेका छौं। हाम्रो लक्ष्य सगरमाथाको जस्तै उचाइ हासिल गर्नु हो– उहाँको भनाई थियो ।
    बस्यालले यो लिग एउटा प्रमुख राष्ट्रिय कार्यक्रमका रूपमा विकसित भएको बताउँदै, एनपीएललाई “दसैं र तिहारपछिको नेपालको तेस्रो ठूलो चाड“ को संज्ञा दिए ।
    यसैगरी एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले पहिलो वर्ष नै सय करोडको क्लबमा पुगेको यस एनपिएलले खेलाडीको मात्र होइन समग्रमा खेलकुद उद्योगलाई नै अभिवृद्धि गरेको भनाई राखे ।
    मिडिया क्लिनिकमा क्रिकइन्फोका पत्रकार सशांक किशोरले एनपिएल र अन्तर्राष्ट्रय क्रिकेटमा आप्mनो अनुभव र आइसिसी अम्पायर तथा एनएसजेफका निवर्तमान अध्यक्ष दुर्गानाथ (देवेन्द्र) सुवेदीले नयाँ क्रिकेट नियमबारे सत्र चलाउनुभएको थियो ।



    heralokhabar heralokhabar    
  • १ कार्तिक २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP