पोखरा , हेरालाे खबर
साफ महिला च्याम्पियनशिपको फाइनल खेल जारी छ । खेलमा दुवै टिमले एक एक गोल गरेको छ । नेपालका तर्फबाट अमिशा कार्कीले गोल गरेकी हुन् ।
त्यसअघि बंगलादेशले गोल गरेको थियो । बंगलादेशकी मोनिका चक्माले गोल गर्दै टीमलाई अग्रता दिलाएकी थिइन् । त्यसको दुइ मिनेटमै नेपालले गोल फर्काएको हो ।
नेपालबिरुद्ध भइरहेको खेलको ५२ औँ मिनेटमा बंगलादेशले गोल गरेको थियो ।
बंगलादेश गत संस्करको विजेता हो भने नेपाल उपविजेता हो । आज नेपालले सुधारिएको खेल प्रदर्शन गरिरहेको छ ।
प्रतिक्रिया