logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • स्याङ्जाबाट पोखरा आउँदै गरेको जीप दुर्घटना

    • Heralo Reporter Heralo Reporter
    • १८ आश्विन २०८१ शुक्रबार
    स्याङ्जाबाट पोखरा आउँदै गरेको जीप दुर्घटना

    1. पोखरा , हेरालाे खबर

    स्याङ्जाबाट पोखरा आउँदै गरेको जीप आज बिहान दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।
    सिरुबारीबाट पोखरा आउँदै गरेको ग१ज ५७५६ नम्बरको बलेरो जीप ब्रेक फेल भई आँधीखोला गाउँपालिका वडा नं २ बेझाङमा सडकको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमा पोखरा-१७ छोरेपाटनकी १६ वर्षीया अमना नेपाली, पोखरा-११ की मनिषा नेपाली र उनकी ३ वर्षीया छोरी सोफिया नेपाली छन् ।

    साथै आँधीखोला गाउँपालिका-५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीया कलावती घमिरे, ३२ वर्षीया सिर्जना चापागाईं, अर्जुनचौपारी गाउँपालिका-५ आरुचौरका ५८ वर्षीया शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल पनि सोही दुर्घटनामा घाइते भएका छन् ।

    स्याङ्जा प्रहरीका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलका अनुसार सबै घाइतेलाई पोखरा ल्याइएको छ । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी पौडेलले बताए ।



    Heralo Reporter Heralo Reporter    
  • १८ आश्विन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP