logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • काठमाडौंले विराटनगरविरुद्ध टस जित्यो

    काठमाडौंले विराटनगरविरुद्ध टस जित्यो

    हेरालाे खबर,

    एजेन्सी ,  नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेको छ ।

    टियु मैदान कीर्तिपुरमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । काठमाडौं प्लेअफमा स्थान बनाउँन जित आवश्यक छ । पराजित भएमा काठमाडौं प्रतियोगिताबाट बाहिरिने छ ।

    शनिवार पोखरा एभेन्जर्ससँग खेलेको टिममा काठमाडौंले २ परिवर्तन गरेको छ । शनिवार खेलेका राजु रिजालको स्थानमा शंकर राना तथा नाथन स्वटरको स्थानमा डान डाउथवेटले मौका पाएका छन् ।

    काठमाडौं गुर्खाजको प्लेइङ–११

    करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश कंडेल, रसिद खान, शंकर राना, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी, डान डाउथवेट

    शुक्रवार चितवन राइनोजसँग खेलेको टोलीमा विराटनगरले २ परिवर्तन गरेको छ । चितवनसँग खेलेका ओपनर मार्टिन गप्टिल र प्रतिश जिशी बेन्चमा रहँदा अनिल खरेल र इस्मात आलमले खेलमा मौका पाएका छन् ।

    विराटनगर किंग्सको प्लेइङ-११

    सन्दीप लामिछाने, लोकेश बम, इस्मात आलम, क्रिस सोल, निकोलस कीर्तन, बसिर अहमद, दिपक बोहोरा, अनिल खरेल, राजेश पुलामी मगर, सुवास भन्डारी र स्कट एडवार्डस



    Heralo Reporter Heralo Reporter    
  • ३० मंसिर २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP