logo
  • २५ माघ २०८२, आईतवार | Sun, 08 Feb 2026
  • पोखरामा घरको कम्पाउन्डभित्र बाघ भेटियो, सफल उद्दार

    पोखरामा घरको कम्पाउन्डभित्र बाघ भेटियो, सफल उद्दार

    पोखरा, हेरालाे खबर

    पोखरा महानगरपालिका वडा नं. ७ मा दिउँसोको समयमा घरमा भेटिएको छ । स्थानिय शोभा चन्द्र बरालको घरको कम्पाउन्ड भित्र बाघ देखिएको हो । मंगलबार दिउँसो करिब ३ बजे बाघ देखिएको स्थानीयले डिभिजन वन कार्यालय कास्कीलाई जानकारी गराएका थिए।

    सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरि प्रसाद गौतमको नेतृत्वमा गएको टोलीले तत्कालै उद्धार प्रक्रिया अघि बढाएको थियो। टोलीले बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिँदै पचभैया वन्यजन्तु उद्धार केन्द्रमा स्थानान्तरण गरेको छ।

    यस घटनापछि स्थानीयवासीहरूमा केही समय त्रास फैलिएको भए पनि बाघलाई सुरक्षित रूपमा उद्दार गरेपछि स्थिति सामान्य बनेको छ।



    Heralo Reporter Heralo Reporter    
  • ५ चैत्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP