काठमाडौं , हेरालाे खबर
राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार संचालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले शनिबार ६१२ औं शृङ्खला वाग्मती रुद्रमती दोभानमा सम्पन्न गरेको छ । वाग्मती सफाइ महाअभियानका किशोरसिंह शाहीले सो महाअभियानमा कामनपा-११ वडाध्यक्ष हिरालाल तण्डुकार,वडा सदस्य दीपेश राउत,
आशा श्रेष्ठ,यसोमती यशु,जीवन विज्ञान ,ब्रह्मकुमारी राजयोग केन्द्र थापाथलीका दिदिबहिनीज्युहरु, सामाजिक अभियन्ता ज्ञानकुमार बज्राचार्य,वडाबासी,सुन्दरीघाट वाग्मती सरसफाइका संयोजक चित्रकुमार सुनुवार,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरुको उपस्थितिमा संकलित १.५ मेट्रीक टन फोहोरको व्यवस्थापन,काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभाग,टेकु,काठमाडौंले गरेको बताएका छन् ।
प्रतिक्रिया