logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • धनगढी एफसीको ट्यालेन्ट हन्ट – ४ खेलाडी छनोट

    • Heralo Reporter Heralo Reporter
    • १८ फाल्गुन २०८१ आईतवार
    धनगढी एफसीको ट्यालेन्ट हन्ट – ४ खेलाडी छनोट

    हेरालाे खबर

    धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् ।

    नेपाल सुपर लिग‌( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् ।

    छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् ।

    कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोग र एसपीए कलेजको सहयोगमा भएको ट्यालेन्ट हन्टमा छनोट भएका ४ मध्येबाट १ खेलाडी धनगढी एफसीको टोली छनोट हुनेछन् ।

    बाँकी ३ खेलाडीलाई ड्रिमर्स अफ धनगढी नामकरण गरी एसपीए कलेजमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने डिएफसीको मातृ संस्था गो ड्रिमर्सले जनकारी दिएको छ । ४ जनामध्ये कसले टोलीबाट खेल्ने भन्ने अन्तिम टुंगो सी क्याटेगोरीको अक्सनको समाप्ति पछि हुने बताइएको छ।

    नेपाली क्रिकेट टोलीका स्टार खेलाडी दीपेन्द्रसिंह ऐरीलाई आफ्नो एम्बेसडर नियुक्त गरेको धनगढी एफसीले यस अघि नै नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिश रत्न छुन्जुलाई आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।

    त्यस्तै, क्लबले लेबनानी प्रिमियर लिग क्लब बुरज एफसीका स्ट्राईकर अहमद हिजाजीलाई लोनमा साइन गरेको छ । हिजाजीले एनएसएल २०२३ मा धनगढी एफसीबाट खेलेका थिए । जहाँ उनले ४ गोल गर्दै टिमलाई फाइनलसम्म पुर्याएका थिए । धनगढी एफसी एनएसएल २०२१ र एनएसएल २०२३ दुवै संस्करणमा उपविजेता बनेको थियो ।

    धनगढी एफसीले एनएसएलको आगामी सिजनका लागि जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । सहायक प्रशिक्षकमा धनगढीका भिष्म भाट छन् । एनएसएल चैत १६ गते सुरु हुनेछ।



    Heralo Reporter Heralo Reporter    
  • १८ फाल्गुन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP