हेरालाे खबर
तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् ।
रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
बिक लामो समयदेखि मानिसक रूपमा अस्वस्थ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । उनले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।
प्रतिक्रिया