logo
  • २७ मंसिर २०८२, शनिबार | Sat, 13 Dec 2025
  • पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियान निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित

    • Heralo Reporter Heralo Reporter
    • १२ चैत्र २०८१ मंगलवार
    पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियान निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित

     पाेखरा ,  हेरालाे खबर

    पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियान निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ।

    पृथ्वीनारायण क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील न्यौपानले ५०३ मत ल्याए। स्वतन्त्र उम्मेदवार विप्लवी भट्टराईले ४६९ मत प्राप्त गरिन्।

    अखिल क्रान्तिकारीका नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, अखिल छैठौंका मिलन सुनारले २८ मत ल्याए।

    स्ववियु सचिवमा अनेरास्ववियुका विराट दुवाडी १४१३ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक भट्टराईले ६२८ मत ल्याए। अखिल क्रान्तिकारीका सचिवका उम्मेदवार मिराज थापा मगरले २९३ मत ल्याए।

    कोषाध्यक्षमा एमालेनिकट अनेरास्ववियुका सन्दिका गुरूङ १३०४ मत ल्याएर निर्वाचित भइन्। प्रतिस्पर्धी नेविसंघकी अमिषा यादवले ६४७ मत ल्याइन्।



    Heralo Reporter Heralo Reporter    
  • १२ चैत्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP