logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • विश्वकप विजेता गोलकिपर बुफोन नेपाल आउने!

    • Heralo Reporter Heralo Reporter
    • ९ फाल्गुन २०८१ शुक्रबार
    विश्वकप विजेता गोलकिपर बुफोन नेपाल आउने!

    हेरालाे खबर

     एजेन्सी ,  विश्व कप विजेता इटालीका महान पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् ।

    केपी ओली कप फुटबल प्रतियोगिताका दौरान उनी नेपाल आउने भएका हुन् । केपी‌ ओली कपको आयोजक नेपाल युवा संघका‌ अध्यक्ष क्षितिज थेवेले कान्तिपुर टेलिभिजनको गुड मर्निङ नेपाल कार्यक्रममा शुक्रवार बिहान बुफोन नेपाल आउन लागेको जानकारी दिएका हुन् ।

    केपी ओली कपको फागुन‌ १९ गते हुने फाइनलका दौरान बुफोन दशरथ रंगशालामा उपस्थित रहने थेवेले दाबी गरे । त्यसका‌‌ लागि‌ सम्झौता भइसकेको थेवेले जानकारी दिए ।

    त्यसअघि ब्राजिलियन महान खेलाडी मध्येका रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई प्रस्ताव राखिएको थेवेले जानकारी दिए। कार्लोस सुरुमा आउनका‌ लागि तयार भएपनि‌ पछि समय नमिलेका कारण रद्द भएको उनले बताए । त्यसपछि बुफोनलाई ल्याउने प्रयास थालिएको उनको भनाइ थियो।

    सन् २००६ को विश्व कप विजेता बुफोन देश सबै भन्दा बढि अन्तर्राष्ट्रिय फुटबल खेल्ने गोलकिपर हुन् । इटालीबाट ८० खेलमा कप्तानी समेत गरेका उनले कीर्तिमानी १ सय ७६ खेल‌ खेले। उनले ५ पटक‌ विश्व कप‌ खेलेका थिए। ४७ वर्षे उनले १० पटकका इटालियन सिरिए जितेका थिए।



    Heralo Reporter Heralo Reporter    
  • ९ फाल्गुन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP