logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • डेनमार्कले पोर्चुगललाई हरायो

    • Heralo Reporter Heralo Reporter
    • ८ चैत्र २०८१ शुक्रबार
    डेनमार्कले पोर्चुगललाई हरायो

    हेरालाे खबर

    एजेन्सी – युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा डेनमार्कले पोर्चुगललाई पराजित गरेको छ ।

    डेनमार्कले बिहीवार पोर्चुगलमाथि १-० को जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा डेनमार्कका लागि रास्मस होज्लुन्डले गरेको गोल निर्णायक हुन पुग्यो ।

    रास्मसले खेलको ७८औं मिनेटमा टोलीका लागि निर्णायक गोल गरे । यि दुईबीचको दोस्रो लेगको खेल मार्च २४ मा पोर्चुगलमा हुनेछ ।

    त्यस्तै क्वाटरफाइनलको अर्को खेलमा क्रोएसियाले फ्रान्सलाई २-० ले ,जर्मनीले इटालीले २-१ ले हरायो .
    नेदरल्याण्ड्स र स्पेनले २-२ गोलको बराबरी खेले ।

    नेसन्स लिग प्ले अफ

    नेसन्स लिगको प्ले अफमा अर्मेनियालाई जर्जियाले ३-०, टर्कीलाई हंगेरीले ३-१ ले, स्कटल्याण्डले ग्रीसलाई १-० ले हराएको छ।

    अस्ट्रिया र सर्बिया १-१ को बराबरीमा रोकिदा स्लोभाकिया र स्लोभेनिया गोलरहित बराबरीमा रोकिए । युक्रेनले बेल्जियमलाई ३-१ ले , आयरल्याण्डले बुल्गेरियालाई २-१ ले पराजित गर्यो । कोसोभोले आइसल्याण्ड २-१ ले हरायो।

     



    Heralo Reporter Heralo Reporter    
  • ८ चैत्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP