पोखरा , हेरालाे खबर
पोखरा महानगरपालिका वडा नं १७ स्थित नारीशक्ति आमा समूहको अध्यक्षमा राधादेवी लम्साल चयन भएकी छन् ।
समूहको पाँचौँ साधारणसभा एवं तेस्रो अधिवेशनले लम्साललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
समूहको उपाध्यक्षमा पूर्णकला बास्तोला पोखरेल, सचिवमा सरस्वती नेपाल सुवेदी, सहसचिवमा सरस्वती लम्साल, कोषाध्यक्षमा मञ्जु क्षेत्री, सहकोषाध्यक्षमा हरिकमल केसी छन् ।
समूहको कार्यसमिति सदस्यमा जोती शेरचन, दुर्गा पौडेल, अप्सरा गोदार, डीममाया कार्की, सुजिता पराजुली, सरास्वती अधिकारी, सीता पौडेल क्षेत्री, सरस्वती सुवेदी र गीता विक छन् ।
कार्यक्रममा वडाध्यक्ष राधिका शाही योगीले अधिवेशनको उद्घाटन गर्दै समाजका विकृति विसंगतिको विरुद्धमा आमाहरु संगठित भएर अघि बढ्नुपर्ने बताइन् ।
समूहका प्रत्येक गतिविधिमा वडाको सहयोग रहने विश्वास व्यक्त गर्दै उनले अबका आमाहरु आयआर्जनका कार्यक्रमसँग जोडिनुपर्ने आवश्यकता औँल्याए ।
गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले आमाहरु नेतृत्व विकासका गर्दै उत्पादनसंँग जोडिने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औँल्याए ।
पोखरा । पोखरा महानगरपालिका वडा नं १७ स्थित नारीशक्ति आमा समूहको अध्यक्षमा राधादेवी लम्साल चयन भएकी छन् ।
समूहको पाँचौँ साधारणसभा एवं तेस्रो अधिवेशनले लम्साललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
समूहको उपाध्यक्षमा पूर्णकला बास्तोला पोखरेल, सचिवमा सरस्वती नेपाल सुवेदी, सहसचिवमा सरस्वती लम्साल, कोषाध्यक्षमा मञ्जु क्षेत्री, सहकोषाध्यक्षमा हरिकमल केसी छन् ।
समूहको कार्यसमिति सदस्यमा जोती शेरचन, दुर्गा पौडेल, अप्सरा गोदार, डीममाया कार्की, सुजिता पराजुली, सरास्वती अधिकारी, सीता पौडेल क्षेत्री, सरस्वती सुवेदी र गीता विक छन् ।
कार्यक्रममा वडाध्यक्ष राधिका शाही योगीले अधिवेशनको उद्घाटन गर्दै समाजका विकृति विसंगतिको विरुद्धमा आमाहरु संगठित भएर अघि बढ्नुपर्ने बताइन् ।
समूहका प्रत्येक गतिविधिमा वडाको सहयोग रहने विश्वास व्यक्त गर्दै उनले अबका आमाहरु आयआर्जनका कार्यक्रमसँग जोडिनुपर्ने आवश्यकता औँल्याए ।
गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले आमाहरु नेतृत्व विकासका गर्दै उत्पादनसंँग जोडिने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औँल्याए ।
सञ्चारकर्मी हरि बास्तोलाले आमा समूहको माध्यमबाट महिला नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै स्थानीय तहका जनप्रतिनिधि त्यसका उदाहरण बनेको उनको भनाइ थियो ।
कार्यक्रममा समूहमा आवद्ध ज्येष्ठ नागरिक एवं विभिन्न तहमा सर्वोत्कृट अंक ल्याउने सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।
समूहकी अध्यक्ष प्यारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष शिशिर गोदार, सल्लाहकार एवं सामाजिक व्यक्तित्व लिलबहादुर जिसी, शुभकामना आमा समूहका अध्यक्ष पार्वती खड्का, हिमाली पवित्र आमा समूहका अध्यक्ष सावित्री अर्याल, घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, सम्मानित विद्यार्थी विनिशा श्रेष्ठलगायतले बोलेका थिए ।
प्रतिक्रिया